• २०७६ भदौ २ गते, सोमबार
१०:१० pm

धनुषा : सरस्वति पूजामा विद्यार्थी भर्ना गर्ने विद्यालयलाई कारवाहीको चेतावनी 

त्यस्तो गरिएको पाईएमा कानुन बमोजिम कारवाहीको लागि गृहकार्य सम्पन्न गरेको बताइएको छ । 

फाईल तस्विर : Google.com


जनकपुरधाम, २६ माघ । धनुषामा नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना गरिए कारवाही गरिने निर्देशन जारी गरिएको छ । 

 

जनकपुर लगायत धनुषाको विभिन्न ठाउँमा सँचालित निजी अर्थात् सँस्थागत विद्यालयहरुले सरस्वति पूजाको अवसरमा निःशूल्क भर्ना गर्ने प्रचारवाजी गरेको गुनासोको आधारमा चालु शैक्षिक सत्रको अन्तिम तथा आउने नयाँ शैक्षिक सत्रको अगावै भर्ना लिने प्रावधान नरहेको भन्दै भर्ना लिएको पाईएमा नियम तहत कारवाही हुने चेतावनी समेत दिइएको छ । 

 

शिक्षा विकास तथा समन्वय ईकाइ समिति धनुषाले जारी गरेको निर्देशन पत्रमा जिल्ला अन्तर्गत रहेको सँस्थागत विद्यालयहरुले शैक्षिक सत्र अगावै विद्यार्थी भर्नाका लागि बैनर, पोष्टर, फेसबुकबाट विज्ञापन तथा सूचना गरिएको बुझिएकोले त्यस्ता प्रकृतिका कामकाग नगर्न नगराउन सम्पूर्ण सँस्थागत विद्यालयहरुलाई निर्देशन गरिएको व्यहोरा अनुरोध छ । त्यस्ता काम गरिएको पाईएमा नियमानुसार कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ । 

 

यता, सँस्थागत विद्यालयहरुमा पिजी देखि यूकेजीसम्म कुनै प्रकारका शैक्षिक सत्र नै नभएको हुनाले बालबालिकाहरुलाई पिजी देखी यूकेजीसम्म भर्ना गर्न कुनै अप्ठयारो नहुने नाम नखोल्ने शर्तमा एक सँस्थागत विद्यालयका सँचालकले बताए । 

 

आगामी बैशाखदेखि नयाँ शैक्षित्र सत्र सुरु हुने बताउँदै जनकपुरमा लगाइएको नियम पूरा गरिए सँस्थागत विद्यालयहरुलाई नै फाईदा पुग्ने बताउँदै नियमानुसार कानुनको पालना गर्ने पनि बताए । 

 

 

यता, जिल्ला शिक्षा समन्वय समितिले शैक्षिक सत्र अगावै भर्ना खुल्यो भनेर जस्ता पर्चा, पम्पलेटहरु टाँस्न नपाउने बताएका छन् । निर्देशन जारी गरिसकेपछि अनुगमन पनि तीव्र बनाउने बताउँदै त्यस्तो गरिएको पाईएमा कानुन बमोजिम कारवाहीको लागि गृहकार्य सम्पन्न गरेको बताइएको छ । 


श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस