अब जनकपुरमा रात्रीकालिन हवाई उडान पनि शिघ्र हुने र जनकपुर जगमगाउने 

यसबाट जनकपुरको पर्यटनलाई टेवा पुग्ने विश्वास बुद्ध एयरको छ ।

२०७५ माघ २५ शुक्रबार
बेलुकी ७:०१ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, २५ माघ । केही दिन अघि मधेशका मुख्यमन्त्री मो.लालबाबू राउतलाई बुद्ध एयरले बुझाएको ध्यानाकर्षण पत्र उपर पुर्नविचार गर्दै रात्रीकालिन उडानको लागि वृहत छलफल गरिएको छ ।

 

बुद्ध एयर जनकपुरका प्रबन्धक विजय कुमार सिँह सहितका टोलीले जनकपुर विमानस्थलमा बुद्ध एयरको रात्रीकालिन उडानको लागि तयार गर्नुपर्ने पूर्वाधारको विषयमा वृहत छलफल गदैै शिघ्र नै जनकपुरधाममा रात्रीकालिन उडान गर्ने जनाएका छन् ।


जनकपुर विमानस्थलमा ‘कम भिजिविलिटी’ तथा रात्रिकालिन उडान सहजताका लागि नागरिक उड्डयन प्राधिकरणका निर्देशक दीपक बराल, जनकपुर नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक सन्तोष ढकाल  सहितका सरोकारवालाहरुसँग जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वृहत छलफल गरेका छन् ।


सो छलफल कार्यक्रममा  का लागि अवरोधहरुलाई सकेसम्म छिटो हटाउने सहमति भएको जनाइएको छ । यी काम केही महिनामै सम्पन्न हुने र बुध्द एयरले रात्रिकालिन उडान पनि थप्ने प्रतिवद्धता जाहेर गरेको औल्याइएको छ ।  यसबाट जनकपुरको पर्यटनलाई टेवा पुग्ने विश्वास बुद्ध एयरको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ माघ २५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus