• २०७५ फाल्गुण १२ गते, आइतबार
०७:२७ am

जानकी मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृतको लागि तयार 

जनकपुरधाम, २४ माघ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि केही प्रक्रिया मात्र बाँकी रहेको जनाइएको छ । 

 

विश्व प्रसिद्ध धार्मिक जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लैजानका लागि अधिकांश प्रक्रिया पुरा भई सकेको पुरातत्व विभागले दाबी गरेको छ । जानकी मन्दिरलाई विश्वसम्पदामा लैजानका लागि पूर्वाधार बुझ्न युनेस्कोबाट आएका क्रिष्टन मनहर्टसँग आएको पुरातत्व विभागका टोलीले विश्व सम्पदामा सूचिकृत गर्नको लागि अधिकांश प्रक्रिया पूरा भएपनि केही प्रक्रिया पूरा भए लगत्तै सुचिकृतको लागि तयार हुने जनाइएको छ । 


जानकी मन्दिरको अवलोकन तथा पूर्वाधार हेर्न आएका मनहर्टले विश्वसम्पदा सूचीका लागि अधिकांश प्रक्रिया पुरा भएपनि केही अझै गर्नुपर्ने सुझाएका छन् । उनले जनकपुरधाम उपमहानगरपालिकका मेयर लालकिशोर साहलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पूर्वाधार सम्बन्धी पुस्तक हस्तन्तरण गर्दै भने, ‘जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन अझै केही कार्य गर्नुपर्ने रहेको छ । यो पुस्तकमा उल्लेख अनुसार गर्न आवश्यक हो ।’


उपमहानगरपालिकासँग भेटघाट पश्चात् मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र सहितले उनलाई सम्मान समेत गरेको पत्रकार कैलाश दासले आफ्नो व्यक्तिगत ब्लगमा समाचार लेखेका छन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस