• २०७६ श्रावण ३२ गते, शनिबार
१०:५३ pm

मुख्यमन्त्रीसँग समाजसेवी यादवले भने,- 'मधेशमा प्लाष्टिक पोलिथिन पूर्णप्रतिबन्ध गरिदिनुस् ।' 

सन् २०१८ जुन ४ देखि जनकपुरधामको रेल्वे स्टेशन तयारी बजारबाट सचेतना सहित कपडाको पर्यावरणमैत्री झोला वितरण सुरु गरिएको थियो । 

जनकपुरधाम, २४ माघ ।  गँगासागर सफाई अभियानी एवम् ग्रीन एण्ड क्लीन जनकपुर तथा सेभ द हिस्टोरिकल प्लेस जनकपुरका सँयोजक राम अशिष यादवले मधेशका मुख्यमन्त्रीलाई प्रदेशमा प्लाष्टिक बैनको लागि ध्यानाकर्षण गराएका छन् ।

 

प्रदेश नं. २ का प्रदेश साँसद समेत रहेका समाजसेवी यादवले  नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक ३० (१) मा स्वच्छ तथा स्वस्थ्य वतावारणमा बाँच्ने हक सुनिश्चितता गरिएको भन्दै त्यसलाई पूरा गर्नको लागि पनि मधेशलाई प्लाष्टिकमुक्त बनाउन आग्रह गरेका छन् ।

 

विहिबार समाजसेवी यादवकै नेतृत्वमा गएको सेभ द हिस्टोरिकल प्लेसका अभियानीहरुले मुख्यमन्त्री राउतलाई मानव जीवनको प्रमुख शत्रुको रुपमा रहेको प्लाष्टिकलाई प्रदेशभरि नै बैन गर्नको लागि आवश्यक पहलकदमी गरिदिन आग्रह गरेका छन् । 

 

समाजिक अभियन्ता समेत रहेका समाजसेवी यादवले वातावरण स्वच्छताकै लागि छिमेकी मूलुक भारतको विभिन्न राज्य विहार, उत्तर प्रदेश, दिल्ली, गोवा, चण्डीगढ र महाराष्ट्र सहित नेपालकै तथा मधेशकै विरगँजलाई प्लाष्टिकमुक्त नगर घोषणा गरिएको ध्यानार्षकण गराउँदै जनकपुर लगायत प्रदेशलाई नै प्लाष्टिकमुक्त प्रदेश बनाउन ध्यानाकर्षण गराएका छन् । 

 

प्लाष्टिक पोलिथिनलाई समयमै नियन्त्रण नगरे निकट भविष्यमै मानव सहित पशुपंक्षी जीवजन्तुको स्वास्थ्यमा समेत यसको जहरिला प्रभाव परेर जीवन कष्टकर तथा संकटमय हुने निश्चित हुने औल्याउँदै एक पटक मात्र प्रयोग हुने प्लाष्टिक पोलिथिन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने मागप्रति ध्यानाकर्षण गराएका हुन् ।

 

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय पौराणिक गरिमामय नगरी जनकपुरधामको पवित्र सरोवर गँगासागरबाट गत वि.सं. २०७० फागुन ११ गतेदेखि सुरु गरिएको स्वच्छ जनकपुरधाम महाअभिया पश्चात् जलप्रदुषण, वायूप्रदुषण र ध्वनी प्रदुषण विषयमा जागरुकता अभियानीहरुले देखाएका छन् ।

 

प्लाष्टिक पोलिथिन मुक्त अभियानका अभियानी कृष्णचन्द्र साहको संयोजन तथा प्राध्यापक डा. भोगेन्द्र झाको मार्ग निर्देशनमा सन् २०१८ जुन ४ देखि जनकपुरधामको रेल्वे स्टेशन तयारी बजारबाट सचेतना सहित कपडाको पर्यावरणमैत्री झोला वितरण सुरु गरिएको थियो । 

 

यसका साथै प्लाष्टिक पोलिथिन प्रदुषणबाट स्वास्थ्यमा पर्ने जहरिला असर तथा नाकारात्मक प्रभावको विषयमा जनकपुरको स्कूल तथा कलेजहरुमा पम्फलेट वितरण, अभिमुखिकरण, कपडाको झोला वितरण तथा जनकपुरको विभिन्न चौक चौराहा र चोकमा समेत कपडाको झोला मात्र प्रयोग गरौँ भन्ने मूल नारा सहित अभियानलाई तिव्रता दिएका हुन् ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस