• २०७६ श्रावण ३२ गते, शनिबार
१०:३६ pm

खजुरी उच्च माविका प्रअ 'झा' द्धारा विद्यालयको लाखौँ रकम झवाम्म पारेको आरोप 

फाईल तस्विर :प्रधानाध्यापक सज्जन झाको फेसबुक पर्खालबाट साभार


जनकपुरधाम, २३ माघ । धनुषाको के.एस.एच.एस. बि. उच्च मावि खजुरी महुवाको अवस्था धारासाही बनेको छ । 


विद्यालयका वर्तमान प्रधानाध्यापक ( हेडमास्टर) सज्जन झाले आफ्नो कार्यकाल सुरुगरेपछि विद्यालयको हरहिसाबका साथै पठनपाठन समेत ध्वस्त बनाएको आरोप विद्यालय व्यवस्थापन समितिले ठहर गरेको छ । 

 

समयमा समयमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नियमित पठनपाठनको लागि तालाबन्दी गर्नुका साथै विभिन्न प्रकारका आन्दोलन गरेपनि दिनानुदिन प्रअ झाले विद्यालयको व्यवस्थापनप्रति गैर जिम्मेवार भएको ठहर गरिएको छ । 

 

 

प्रअ झाले विद्यालयका विकासको लागि नेपाल सरकारबाट प्रदान गरिएको विभिन्न बजेटको विभिन्न शिर्षक उपर नगर रकम उठाएर जिन्सी समानहरु नै खरिद नगरी रकम झवाम्म पारेको आरोप लगाईएको छ । 

 

 

विद्यालयमा सरकारले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लागि दिएको पाठयपुस्तक वापतको ५ लाख ६२ हजार ७१ रुपैयाँ तथा छात्रवृतिको लागि ९ लाख ३७ हजार रुपैयाँ र पाठयपुस्तक तथा विज्ञान समाग्री वापतको ८ लाख रुपैयाँ गरी जम्मा २२ लाख ३२ हजार ७१ रुपैयाँको बिल भपाई गर्नको लागि व्यवस्थापन समितिले पत्राचार गरेपनि हालसम्म बिल भपाई उपलब्ध नगराएको आरोप लगाइएको छ । 

 

 

यसका साथै प्रधानाध्यापक सज्जन झाले गत जेठ २५ गतेसम्म विद्यालयको सम्पूर्ण हरहिसाब बुझाउने प्रतिवद्धता जाहेर गरेपनि समयमा नबुझाएपछि व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार मण्डलले जेठ २९ गते उनलाई स्पष्टिकरण समेत सोधेपनि हालसम्म जवाफ भने दिइएको छैन । 

 

 

शिक्षा विकास तथा समन्वय समिति धनुषामा पेश गरिएको कारवाहीको माग पत्रमा व्यवस्थापन समितिले शैक्षिक तर्फ, आर्थिक तर्फ र प्रशासनिक तर्फ समेत प्रधानाध्यापक झाले अनियमितता गरेको आरोप लगाउँदै कारवाहीको लागि माग समेत गरिएको छ । 

 

 

प्रधानाध्यापक झाको पालामा विद्यार्थीहरु मध्यान्तरपछि कहिले पनि कक्षामा नबसेको, लेखापाल मनोज यादवको नाम विद्यालयको सँयुक्त खाताबाट हटाएर निर्वतमान प्रअ एवम् वर्तमान प्रअको नामबाट खाता सँचालन गर्दै रकम झिकेर हिनामिना गरेको, आर्थिक वर्ष २०७३/७४ को लागि तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको छात्रवृतिको रकम ९  लाख ३७ हजार रुपैयाँ छात्रवृति वितरण नै नगरी हिनामिना गरेको, शिक्षा नियमावली विपरित ०७५/७६ मा कक्षा ११ र १२ का विद्यार्थीहरुबाट अनाधिकृत रुपमा प्रति विद्यार्थी ३००० देखि ५००० सम्म असुल गरी विद्यालयको बैँक खाता नै नहाली हिनामिना गरेको, हाल आईसिटी वापतको ६  लाख ५० हजार हिनामिना गरेको आरोप लगाइएको छ । 

 

 

यस बिषयमा प्रधानाध्यापकले यस्तो केही पनि नभएको प्रतिक्रिया दिए । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस