विरोधको बाबजुद पनि शहिदनगरको दोस्रो नगरसभा बहुमतले सम्पन्न, ५२ करोडको बजेट ल्याइयो

२०७५ माघ २० आइतबार
बिहान ११:३२ बजे


जनकपुरधाम, २० माघ ।  विरोधको बाबजुद पनि धनुषाको शहिदनगर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । 

 

शनिबार दिउँसो ३५ जना पदाधिकारी समितिको हस्ताक्षरबाट बहुमतले नगर सभा सम्पन्न गरिएको नगरका मेयर उदय कुमार बरबरियाले जानकारी दिए । नयाँ आर्थिक वर्षको लागि नगरसभाबाट ५२ करोड रुपैयाँ बजेट विनियोजना गरिएको हो । जसमध्ये मेयर बरबरियाले शिक्षामा बढी बजेट विनियोजन गरेका छन् ।

 

नगरको समुचित शिक्षालाई थप गुणस्तरीय बनाउनको लागि ४ करोड रुपैयाँ मात्र शिक्षा क्षेत्रको लागि बजेट विनियोजन गरिएको जानकारी बरबरियाले दिए । उनले भने, - "नगरको शिक्षालाई समतुल र गुणस्तरीय बनाउनको लागि शिक्षा क्षेत्रमा सबभन्दा बढी लगानी गर्न लागिएका हौँ । यसबाट नगरका सबै जनप्रतिनीधि, आम सर्वसाधारणको बालबालिकाको भविष्य उज्जवल हुनेछ ।" 


नगरसभाबाट पारित गरिएको योजना तथा बजेटहरुमध्ये १ देखि ९ वटै वडामा प्रत्येक वडामा १ १ करोड वडास्तरीय बजेट विनियोजन गरिएको बताए । १ १ करोडको बजेट वडास्तरीय दिएर बाँकीका विकास निर्माण तथा अन्य बजेट भने नगरस्तरीयबाट नगरभित्रको विकासमा लगाउने जानकारी दिए । योजनहरुलाई पूरा गर्नको लागि नगरस्तरीय बजेटबाट भएपनि योजना सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए । 


यता, नगरपालिकाका ३१ जना पदाधिकारीले नगर प्रमुख उदय कुमार बरबरियाले आफुहरुलाई जालझेल गरि हस्ताक्षरको आधार बनाएर नगर सभा गरेको आरोप लगाएका छन् ।सहिद नगर नगरपालिका वार्ड नं ३ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका नगर वडा अध्यक्ष र सदस्यहरु बसेको बैठक द्वारा संयुक्त प्रेस विज्ञप्ति निकालेर बिरोध जनाएको छ ।


नगर प्रमुख उदय बरबरियाले श्री जनता एकाइ उच्च माबि बिधालय परिसरमा नेकपाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यलाई मात्रै बोलाएर नगर सभा गरेको बिरोधमा नाराबाजी समेत गरेको जनाइएको छ ।

 

यस सन्दर्भमा मेयर बरबरियाले नगरसभाको विरोधकर्ता कहिल्यै पनि नगरको वा वडाको भलाईको लागि नसोच्ने जवाफ फर्काए । उनले भने - "विरोधलाई धेरै जनाले प्रक्रिया बनाइरहेको छ । जो पदाधिकारी नगरसभाको विरोधमा छ मलाई केही भन्नु छैन, तर उहाँहरुको लागि पारित गरिएको बजेट तथा नगरसभाको लागि सदैव ढोका खुल्ला हुनेछ । म आग्रह गर्न चाहन्छु उहाँहरुलाई उक्साहटमा नपरी राजनीति विरोध भन्दा पनि जनताको विकासको लागि एकजुट भएर अगाडी बढनु नै एक असल जनप्रतिनीधिको कर्तव्य हो । जनप्रतिनीधि भईसकेपछि पार्टीगत भावनामा बग्नु भनेको त्यो राजनीति मात्र हो ।" 


नगर सभाको विरोधमा गरिएको बिरोधसभाको सम्बोधन गर्दै वडा नं ३ अध्यक्ष नागेन्द्र मंडलले भने,ूनगर सभा हुनुभन्दा सात दिन पहिले प्रत्येक पदाधिकारीलाई जानकारी गराउनु पर्थियो तर नगर प्रमुखले त्यसो नगरेर गल्ती गरेका बताए । 

 

त्यस्तै सम्बोधनको क्रममा वडा नं ६ बाट अध्यक्षका प्रत्याशी उम्मेदवार एवं संघीय समाजवादी युवा फोरका प्रदेश नं २ का सह संयोजक उमेश निरालाले भने, नगर प्रमुख उदय कुमार बरबरियामा नेकपाको केन्द्र रहेका दुई तिहाइका दम्भ पलाएको छ । नगरपालिकामा हैकमवादी र एकलौटी शासन स्थापना गर्न खोजेको भन्दै आक्रोश पोखे । तर सहिद नगरपालिकामा कुनै किसिमको स्वेच्छाचारी र तानाशाही शासन टिक्न नदिने चेतावनी दिए ।

 

यो सन्दर्भमा बोल्दै नगर प्रमुख उदय कुमार बरबरियाले आरोपलाई खण्डन गर्दै आफूले कहिले पनि पार्टीको दम्भ नदेखाएको बताए । उनले भने,- " नगर प्रमुख भएपछि आफू कुन पार्टीबाट हो र पार्टीको कार्यदेशानुसार नगरको जनताको लागि काम गर्नु पक्कै पनि एक असल जनप्रतिनीधिको काम होईन् । म सहमतिमा र बहुमतले यो नगर सभा पारित गरेको छौँ र यो नगरसभाको हरेक योजना पनि लागु हुनेछ र बहुमतले पारित गरिएको नगरसभा पनि लागू नै हुनेछ । जनताले जे चाहेको छ हामी त्यही गरेका छौँ, राजनीतिक पार्टीको बीचमा हाम्रो जनतालाई हामी पिसीन दिदैनौँ ।  उहाँहरुलाई पुनः आग्रह गर्न चाहन्छौँ विरोधले जनता मारमा पर्छ, केही असन्तुष्टि छ भने हामी जनप्रतिनीधिमा समाधान गरौँ, जनतालाई अलमलमा नपारौँ । "


बिरोधसभामा नेपाली कांग्रेसका धनुषा क्षेत्र नं २ क्षेत्रीय सभापति नवीन गोइवार कांग्रेसबाट मेयरको प्रत्याशी देवेन्द्र भर्खेर,फोरमबाट मेयरको प्रत्याशी दिनेश यादव लगायत कांग्रेस र फोरम सयौं कार्याकर्ताको उपस्थिति रहेको थियो । कांग्रेस र फोरमको संयुक्त विज्ञप्तिमा वडा नं १,३,४,५, र ७ अध्यक्ष र सदस्यहरु हस्ताक्षर गरेको देखिएपनि नगरसभाको पक्षमा भने वडा नं. ५ देखिका वडाध्यक्षले हस्ताक्षर गरेको देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ माघ २० आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus