कमला बचाउको लागि जे गर्नुपर्छ हामी गर्छौ : कृषिराज्य  मन्त्री राय

विक्रम यादवको यो कदमलाई विभिन्न तवर र विभिन्न निकायबाट सराहना गरिएको छ ।

२०७५ माघ १९ शनिबार
दिउसो ४:४० बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, १९ माघ । प्रदेश नं. २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादबले कमला बचाउ अभियानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

 

कमला बचाउ अभियानका अगुवा विक्रम यादवले कृषि राज्य मन्त्री यादवसँग भेटघाट गर्दै कमला बचाउ अभियानको बारेमा प्रकाश पारेका थिए भने जवाफमा मन्त्री यादवले कमला बचाउको लागि मन्त्रालयबाट हुने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको अगुवा विक्रम यादवले बताए । 

 

यादवका अनुसार, दिनानुदिन कमला नदिमा बालुवाको सतह बढदै गएकोल आसपासका कृषियोग्य एवम् उर्वरा भूमि समेत बन्जर हुने चिन्ता सम्बन्धी मन्त्री यादवलाई जानकारी गराएपछि त्यस अभियानलाई साकारात्म रुपमा लिँदै जमिन बन्जर हुनबाट बचाउनको लागि हरेक प्रयास अपनाउने आवश्वास दिएको बताए । 

 

कृषि राज्यमन्त्री यादवले कमला मधेशको धरोहर र पवित्र नदी भएकोले पनि यसको बचाउको लागि प्रदेश सरकारले अग्रसरता देखाएको बताए । उनले भने, -"कमला बचाउ अभियानी साथीहरुलाई धन्यवाद दिन चाहन्छु , कृषी राज्य मन्त्रीको हैसियतले कमला किनारका किसानहरुले गर्नुपर्ने बगर खेतीको लागि हामीले पहलकदमी चाल्नेछौँ , जसबाट दुईतर्फा फाईदा हुनेछ । एक कमला नदीको दिनानुदिन बढदै गएको बालुवा सतह नियन्त्रण हुने र अर्को बगरखेतीबाट त्यहाँका किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछ ।"

 

बालुवा भएको जग्गामा समेत बगर खेतीको लागि कमला किनारका किसानहरुलाई विउ बिजन अनुदानमा दिने बताउँदै उक्त बन्जर जमिनलाई उर्वर जमिन बनाउनको लागि प्रदेश सरकारले साकारात्मक कदम चाल्ने आश्वासन दिएको अभियानका अगुवा यादवले थपे ।

 

बगर खेतीमा तरबुजा, काँक्रो, परबल लगायतका खेतीको लागि स्थानीय किसानलाई तालिमका साथै अनुदान समेत दिइने बताएको मन्त्री यादवलाई उदृत गर्दै न्यूज ब्यूरोसँग भने । विक्रम यादवको यो कदमलाई विभिन्न तवर र विभिन्न निकायबाट सराहना गरिएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ माघ १९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus