• २०७६ असार १० गते, मंगलबार
११:५८ pm

बलिवुडको फिल्म 'टोटल धमाल' मा नायक 'निखिल उप्रेती' 

बलिवुडको फिल्ममा नेपाली स्टार निखिल उप्रेति देखिने भएपछि उनका फ्यानहरु उत्साहित देखिएको छ ।

फाईल तस्विर : Google.com

जनकपुरधाम, १८ माघ । आगामी २२ फेबररीको रिलिज हुन लागेको बलिवुडको कमेडि श्रृँखला फिल्म "टोटल धमाल" मा नेपाली कलाकार निखिल उप्रेति पनि देखिने भएको छ । 

 

बलिवुडको चर्चित एवम् बक्स अफिसमै पनि धमाल मच्चाएका फिल्म धमाल र डब्बल धमालको तेस्रो श्रृँखलाको रुपमा निर्माण भएको फिल्म टोटल धमालमा नेपाली सिने जगतका नायक एवम् चर्चित अभिनेता निखिल उप्रेतिले पनि अभिनय दिएका छन् । फिल्मको ट्रेलरमा निखिल उप्रेति नदेखिएपनि आगामी २२ फरबरीको सिनेमा घरहरुमा रिलिज हुने फिल्ममा भने :राजु" भनेर देखिनेछन् । फिल्ममा अभिनेता उप्रेति "राजू" को भूमिकामा देखिनेछन् ।

 

बलिवुडको फिल्ममा नेपाली स्टार निखिल उप्रेति देखिने भएपछि उनका फ्यानहरु उत्साहित देखिएको छ । बलिवुडमा निखिलको अभियन कस्तो हुने भनेर मनमा विभिन्न प्रकारका कुराहरु उनका फ्यानहरु खेलाउन थालेका छन् ।

 

बलिवुडको ब्लकबस्टर फिल्म धमाल र डब्बल धमाको तेस्रो श्रृखँगा अर्थात स्वीक्कलको रुपमा रिजिल हुन  लागेको फिल्म "टोटल धमाल" को ट्रेलरमा यी दिग्गज कलाकारहरु ५० करोड खोज्दै  जनकपुरतिर गएको देखाइएको छ । डायरेक्टर ईन्द्र कुमारको निर्देशनमा बनेको फिल्म टोटल धमालको मँगलबार रिलिज भएको ट्रेलरमा अजय देवगन, अनिल कपुर, माधुरी दिक्षित सहित अरसद वारसी लगायतका कलाकारहरु आफ्नो ५० करोड खोज्दै जनकपुरतर्फ गएको देख्न सकिन्छ ।

 

"टोटल धमाल" मा अजय देवगण, अनिल कपुर र माधुरी दीक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी , संजय मिश्रा र पीतोबाश लगायतका कलाकार देखिँदैछन्। ट्रेलरमा देखाइए अनुसार सबैजना ५० करोड खोज्न जनकपुर नाम रहेको एक ठाउँ जाँदैछन्।


हालाकी, फिल्ममा देखाउन खोजेको जनकपुर नेपालको जनकपुरधाम हो की भारतको जनकपुर भन्ने प्रष्टाइएको छैन । भारत झारखण्ड राज्यको बाबाधाम जाने बाटोमा विहार र झारखण्डको बीचमा जनकपुर भन्ने ठाउँ रहेको छ । तर ट्रेलरमा भने कुन जनकपुर जाने गरेको भनेर अहिले खुलाइएको छैन् ।

 

यस सम्बन्धी अन्य समाचार 

'टोटल धमाल' को ट्रेलर रिलिज : अजय देवगणले भने, - 'जो जनकपुर पहले पहुँचेगा, माल उसका !'

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस