नेपाल–पाकिस्तानबीचको खेल स्थगित

२०७५ माघ १८ शुक्रबार
दिउसो ३:१६ बजे
न्यूज ब्यूरो | नेपाल
फाईल तस्विर : DailyPakistan


काठमाडौँ, १८ माघ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको शुक्रबार (आज) हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । 


पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ । 


यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचौँ खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको शृङ्खला खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो । 


भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । शृङ्खलाका लागि नेपालले करीब तीन साता तयारी गरेको थियो । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भूमा खरेल रहेका छन् । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ माघ १८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus