• २०७६ श्रावण ४ गते, शनिबार
०२:१९ am

धनुषाधाम नगरपालिकाको बजेट २२ करोड बढी 

कुल आय ५१ करोड २३ लाख ३३ हजार मध्ये चालू खर्च २८ करोड ७६ लाख ७३ हजार


विनय कु. यादव, १६ माघ ।  धनुषाको धनुषाधाम नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ ।


नगर सभाबाट यस आर्थिक वर्षमा २२ करोड ४६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको हो ।  बुधबार सम्पन्न भएको दोस्रो नगरसभामा नगरकी उपमेयर विद्यादेवी भूजेलले प्रस्तुत गरेकी  नीति बजेत तथा कार्यक्रम प्रतिवेदनमा आय व्यय २०७५/७६ को लागि आनतरिक आय निर्धारण गर्दा कुल आनतरिक राजशव बाट ४० लाख ६० हजार र गत आ. ब्य. को मौज्दातबाट रु ८ करोड ६०लाख नेपाल सरकार बाट राजशव बाड फाड बाट रु ८ करोड ५३ लाख ५८ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

 

नेपाल सरकारको बितिय समानिकरन अनुदान बाट १२ करोड ९० लाख तथा सशर्त अनुदान तर्फ ११ करोड ९८ लाख प्राप्त हुने ब्यहोरा यस सम्मानित सभा लाई जानकारी गराएको थियो । त्यसै गरि प्रदेश सरकारबाट राजस्व  बाडफाड बाट ६२ लाख ४२ हजार ,बितिय समानिकरन अनुदान तर्फ ३१ लाख र सशर्त अनुदान तर्फ १ करोड प्रापत भएको छ ।


 साथै समाजिक सुरक्षा तर्फ ५ करोड ७२ लाख १० हजार बहुक्षेत्रीय पोषण कार्यक्रममा १६ लाख ५३ हजार सडक बोर्ड बाट ३५ लाख जनसहभागिता ६४ लाख १० हजार गरि जम्मा कुल ५१ करोड २३ लाख ३३ हजार प्राप्त हुने अनुमान गरि जम्मा बजेत सिमा निर्धारण गरिएको छ । 


कुल आय ५१ करोड २३ लाख ३३ हजार मध्ये चालू खर्च २८ करोड ७६ लाख ७३ हजार र बाकी २२ करोड ४६ लाख ६० हजार पुजिगत खर्च अनतरगत खर्च हुने अनुमान गरिएको छ । 


नगरसभामा बोल्दै नगरका मेयर बालेश्वर मण्डलले नगरपालिकाको विभिन्न शिर्षकबाट उठेको बजेटलाई जनताकै हकहितको लागि लगानी गरिने बताए । नगरका जनतालाई आवश्कय पर्ने सेवा सुविधा विस्तार गरेर भएपनि स्थानीय सरकारको अनूभूति दिने बताउँदै जनताको करबाट यस आर्थिक वर्षको लागि सँकलन गरिएको राजस्व विकासमुखी भएको बताए ।


सो कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष , वडा सद्स्य लगायतको उपस्थित रहेको थियो ।  कार्यक्रममामा  महिला बालबालिका तथा समाज कल्याणकी उप शाखा बिकास कर्मचारी कबिता यादवले स्वागत मनतव्य राखेकी थिइन । कार्यक्रम सँचालन निमित प्रशाकिय अधिकृत  निरज श्रीबास्तबले गरेका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव, धनुषा

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस