• २०७६ भदौ २ गते, सोमबार
१०:३२ pm

मधेश सरकारलाई मन्त्री यादवको आग्रह - 'जनकपुर चुरोट कारखाना खाली गर्नुस्' 

उधोगलाई निजीकरण नभएर आवश्यक जति शेयर बाँडेर संचालनमा ल्याउने विषयमा छलफल चलिरहेको

Photo:shailendrakranti


जनकपुरधाम, १४ माघ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गा प्रदेश सरकारले कब्जा गरेको आरोप लगाएका छन् । उनले जानकारी बिनै जग्गा कब्जा गरेको भन्दै खाली गर्न मुख्यमन्त्री लालबाबु राउतसँग अनुरोध गरेको बताए ।


आईतवार चुरोट कारखानामै पत्रकार सम्मेलन गरेर मन्त्री यादबले आफु उधोग संचालन गर्ने तयारीमा लागेको बेला उधोगको अस्तित्व संकटमा पार्ने काम मुख्यमन्त्री राउतले गरेको गुनासो पोखेका छन् । उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बोर्ड नै लगाउनु थियो भने कम्तिमा जानकारी गराउनुपथ्र्यो । तर बिना जानकारी बोर्ड लगाएको छ ।’ खाली गराउँदा आफुमाथि संघीयता विरोधीको आरोप लाग्ने भन्दै अनुरोध मात्र गरिने उनले भने ।


मन्त्री यादबले उधोग संचालनका लागि तीन चाइनिज कम्पनी र दुई भारतीय कम्पनीसँग छलफल गरिरहेको जानकारी गराए । ‘तीन वटा कम्पनीकाले जनकपुर आएर उधोगको निरीक्षण समेत गरिसकेका छन’, उनले भने, ‘यो उधोग चाँडोभन्दा चाडो संचालन गर्ने सोचमा छौं ।’ उनले उधोगलाई निजीकरण नभएर आवश्यक जति शेयर बाँडेर संचालनमा ल्याउने विषयमा छलफल चलिरहेको बताए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस