जनकपुरको शहिदकप ब्याडमिन्टन प्रतियोगिताको लागि कान्छो मेयरको ५० हजार 

खेलकुदले मानिसको शारीरिक र बौद्धिक विकासमा मदत पुग्छ

२०७५ माघ १३ आइतबार
बिहान ०७:५७ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, १३ माघ । जनकपुरमा शनिबारदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको लागि धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।


चित्रगुप्त सांस्कृतिक केन्द्रको आयोजनामा तेस्रो सहिद कप ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । जनकपुरको देवी चोकस्थित सांस्कृतिक केन्द्र परिसरमा शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादव को परमुख अतिथिमा तथा प्रदेश सांसद जानकीशरण साह बिशिषट अतिथिले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरे ।


प्रतियोगितामा सिनियर डब्बल तर्फ प्रथम हुने टिमलाई नगद १५ हजार र दोस्रो हुने टिमलाई नगद ७ हजार १ सय रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, सिनियर सिङ्गल तर्फ प्रथमलाई नगद ११ हजार र दोस्रोलाई नगद ५ हजार १ सय रुपैयाँ तथा सिल्ड र प्रमाण पत्र प्रदान गरिने छ भने जुनियर डब्बल तर्फ प्रथम हुने टिमको लागि नगद २ हजार ५ सय र दोस्रो हुनेलाई १ हजार ५ सय रुपैयाँ, सिल्ड र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


खेलकुद क्षेत्रको विकासमा जिल्लाका विभिन्न नगर क्षेत्रमा सक्रिय यादवले खेलकुदको माध्यमले युवा वर्गको सर्वांगिन विकास गरी नगर, जिल्ला, प्रदेश र राष्ट्रको समग्र विकासमा ध्यान पुग्नेपर्ने बताउँछन् । ‘खेलकुदले मानिसको शारीरिक र बौद्धिक विकासमा मदत पुग्छ’ मेयर यादवले भने, ‘खेलकुदको विकासमा सबै निकायको सक्रियता आवश्यक छ ।


मुलुककै कान्छो मेयर भनिने चिनिने बरबरियाले बालबालिकाहरुको मानसिक विकासको लागि खेलकूद अति आवश्यक रहेको भन्दै विकासकै हेतु प्रतियोगिता सँचालन तथा सहजताको लागि ५० हजार रुपैयाँ सहयोग गरेको बताए । जन विकास कार्यक्रमहरुमा आफू सदैव सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus