• २०७६ बैशाख ७ गते, शनिबार
०५:०३ am

जनकपुरको ५२ विघामा विशाल 'जनक दरबार' बन्दै, बन्नेछ यी महलहरु पनि !

आर्किटेक ठाकुरका अनुसार करिब २५ अर्ब रुपियाँ जनक दरबारमा लाग्ने अनुमान गरिएको छ ।

फाईल तस्विर : Google.com


जनकपुरधाम, १२ माघ । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास तीव्रता लिएको जनकपुरधाममा राजा जनकको विशाल दरबार बन्ने भएको छ । 


मधेशको अस्थायी राजधानी समेत रहेको जनकपुरमा माता सीताकी पिता राजा जनकको विशाल दरबार सहित अन्य कैयौँ पौराणिकालिन महलहरु निर्माण गरिने भएको छ । 
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ शिवपुर गढीस्थित ५२ विगहामा जनक दरबार बनाउने कार्य अघि बढेको हो ।


 भारतका विभिन्न ठाउँबाट तिर्थाटन गर्दै जनकपुरधाम आईपुगेका साधुसन्तहरु र स्थानीयबासिन्दाले शिवपुर गढी नै राजा जनकको राजमहल रहेको बताउँदै आएका छन । सो शिवपुर गढी क्षेत्रमै जनक दरबार निर्माण हुनुपर्ने प्रस्ताव स्थानीय राजनीतिकर्मी एवं समाजसेवी राम गोविन्द यादवले अगाडी बढाएको समाजसेवी सुरेश शर्माले जनाएका छन् ।


 उनका अनुसार जनक दरबारको डीपीआर तयार पार्नको लागि आर्किटेक ईन्जिनियर र प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई जिम्मा लगाई सकेको छ । करिब २५ अर्ब रुपैयाँको लागतमा राजा जनकको विशाल दरबार निर्माण कार्यको लागि प्रक्रिया पूरा भएको जानकारी दिए । 


न्यूज ब्यूरोसँग शनिबार कुराकान गर्दै समाजसेवी एवम् क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी समेत रहेका शर्माले भने - "५२ विगहा भनेर प्रचारित जिरायत वास्तवमा ३१ विगहा ४ कठ्ठा ३ धुर रहेको छ । त्यस जिरायतको सम्पूर्ण जमिनलाई ओग्टदै जनक दरबार निर्माण गर्ने योजना रहेको यादव बताउछन् । आर्किटेक ठाकुरका अनुसार,  करिब २५ अर्ब रुपियाँ जनक दरबारमा लाग्ने अनुमान गरिएको छ ।"

 

राजा जनकको दरबारमा के के हुन्छ ?

 

राजा जनकको दरबारमा प्रवेशद्वार, कम्पाउण्ड वाल, वाल बाहिर पिच सडक, धनुष यज्ञ स्थल, राजकुमारहरुको बैठक कक्ष, बरात घर (दलान), खण्डित धनुषको अवस्था, राम लक्ष्मण र परशुराम को सम्बाद स्थल, परशुराम आश्रम (क्रोध अवस्थाको स्वरुप), सीता विश्राम स्थल, सीता सहेली सम्वाद स्थल,सीता पालन पोषणको अवस्था, राम संग प्रथम भेटको अवस्था प्रदर्शन र राजा जनक द्वारा विश्वामित्रको स्वागतको मुर्ति रहनेछन ।

 

त्यस्तै, विश्वामित्र र राम लक्ष्मण द्वारा जनकपुरधामको भ्रमण, दशरथ जी को विश्राम घर (दलान), दशरथ महाराजको स्वागत अवसरमा जनक जी, राम सीताको कोहवर घर, सीता सहेली र राम लक्ष्मण भरत सत्रोहन संगको मजाक क्षण (दुर्वानी), स्वयंवर स्थलको वरमाला मंच, सीता जन्मस्थलको फोटो, प्रत्येक गेटमा द्वारपाल, दशरथ महाराज संगै बरातमा आएको साधनहरु जस्तै हाथी, घोडा, उँट लगायत,सीता फूलवारी, जनक जी को कूलदेवी स्थल, पुस्तकालय, जानकी जी को विदाईका साधन  ‘पालकी’ जानकी जीलाई संगभार दिएको समानहरुको प्रदर्शन गरिनेछ ।

 

यसका साथै दशरथको कनक भवन, अयोध्याबाट आएको कुमारी भार, त्यहँबाट विवाहका लागि आएको अन्य सामग्री, मिथिलाको सकाहारी भोजनालय (निःशुल्क) , जनक कार्यकालमा अन्न राख्ने भखारी, खानाका प्रकारहरुको प्रदर्शनी, मिथिला आर्ट, मिथिलानीहरुले लगाउने गहना,सेनाको पोषाक, मिथिला भाषा लिपि, मिथिलाका खेलहरु जस्तै पहलवानी, सुरसुर,टालपुली, मरुवन मैया (मिथिलानीहरुले) खेल, सत्संग भवन (विद्वानहरुको बैठक कक्ष) , अष्टावक्रको विश्राम स्थल, जनकलाई प्रदान गरिएको दीक्षा स्थल, अष्टाबक्रलाई जनक जी ले स्वागत गर्दै क्षन, जनक जी को माता पीताको विश्राम कक्ष, त्यस बेलाको संचार सेवा,जनकको कार्यकालको शासन पद्धती, त्यस बेला प्रजाको अवस्था (भिडियो प्रदर्शन द्वारा), राज्यमा न्याय, राम्रा काम गर्नेहरुलाई पुरस्कार दिने पदकहरु र डोमको घर प्रदर्शन गर्ने योजना रहने जनाएको छ ।

 

जनक दरबार बन्नुपर्ने योजनालाई अगाडी बढाउँदै आएका रामगोविन्द यादवको अनुसार,  यी बाहेक अन्य छुटेका कुराहरुलाई समेटनको लागि भारत चित्रकोटका महामण्डलेश्वर रामभद्राचार्य महाराज र प्रसिद्ध कथा बाचक मुरारी बाबु संग भेट गर्नका लागि एक टोली त्यस तर्फ जाने छन । शिवपुर गढी क्षेत्रको जिरायतमामा रहेको दुई वटा पोखरीहरु कष्टहर्नी सर र मनमथनी सरको जिर्णोद्धार, दरबारको चारैतिरबाट रिंगरोडको निर्माण गर्ने योजना समेत समेटिने भएका छन । 


उपरोक्त निर्माण कार्य सम्पन्न भए पश्चात् एउटा ठुलो पर्यटकीय स्थलको बिकास हुने संभावना रहेको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस