नगरकी च्याम्पीयन मुखियालाई कान्छो मेयरको सम्मान

शहिदनगरकी मुखियाले विजयी हाँसिल गरी नगरपालिका सहित देश चिनाएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ । 

२०७५ माघ ११ शुक्रबार
रति ९:४९ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, ११ माघ । धनुषाको शहिदनगर नगरपालिकाकी च्याम्पीयन गर्ल सुस्मिता मुखियालाई नगरका मेयर उदय कुमार बरबरियाले सम्मान गरेका छन् ।

 

शुक्रबार साँझ सम्मान समारोहको आयोजना गरी  शहिद नगरपालिकाकी सुस्मिता  मुखियाले थर्ड साउथ एसियन कराँते च्याम्पीयनसिप २०१९ मा सहभागी भई विभिन्न देशलाई पछि पार्दै नेपालको नाम चिनाएको भन्दै मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले उनलाई सम्मान गरेका हुन् ।


भारतको गुहाटिमा भएको उक्त कराँते प्रतियोगितामा नेपाल सहित भारत, बँगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाका प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालको तर्फबाट ४५ केजी तौल समूहमा शहिदनगरकी मुखियाले विजयी हाँसिल गरी नगरपालिका सहित देश चिनाएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ । 


यसका साथै सो कार्यक्रमको दौरान अन्तराष्ट्रिय कराँते परीक्षामा उतीर्ण भएका विरेन्द्र कर्णलाई समेत सम्मान गरिएको छ भने सुस्मितालाई प्रशिक्षण दिने प्रशिक्षक सुविध बस्नेत (हरी) लाई समेत सम्मान गरिएको हो । सुस्मिता मुखिया शहिदनगर नगरपालिका वडा नं. ४ बस्ने मँजु मुखिया र कन्हैया मुखियाकी पुत्री हुन् ।


सो कार्यक्रमकै दौरान मेयर बरबरिया तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर साहले हालै सम्पन्न नगरस्तरीय अन्तर विधालय खेलकुद  प्रतियोगितामा बिजयी भएका खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडलका साथ सम्मान गरिएको हो । 


कार्यक्रममा मा.वि. बाट जनता एकाई मा.वि. प्रथम तथा  रा.नि.मावि द्धितिय स्थान प्रदान गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ माघ ११ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus