• २०७६ असार ११ गते, बुधबार
१२:०९ am

'टोटल धमाल' को ट्रेलर रिलिज : अजय देवगणले भने, - 'जो जनकपुर पहले पहुँचेगा, माल उसका !'

ट्रेलरमा भने कुन जनकपुर जाने गरेको भनेर अहिले खुलाइएको छैन् ।


जनकपुरधाम, ९ माघ । बलिवुडको प्रसिद्ध कलाकार अजय देवगण, अनिलक कपुर र चर्चित नायिकका माधुरी दिक्षित ५० करोड खोज्दै जनकपुर आएको देखाइएको छ । 


बलिवुडको ब्लकबस्टर फिल्म धमाल र डब्बल धमाको तेस्रो श्रृखँगा अर्थात स्वीक्कलको रुपमा रिजिल हुन  लागेको फिल्म "टोटल धमाल" को ट्रेलरमा यी दिग्गज कलाकारहरु ५० करोड खोज्दै  जनकपुरतिर गएको देखाइएको छ । डायरेक्टर ईन्द्र कुमारको निर्देशनमा बनेको फिल्म टोटल धमालको मँगलबार रिलिज भएको ट्रेलरमा अजय देवगन, अनिल कपुर, माधुरी दिक्षित सहित अरसद वारसी लगायतका कलाकारहरु आफ्नो ५० करोड खोज्दै जनकपुरतर्फ गएको देख्न सकिन्छ ।


"टोटल धमाल" मा अजय देवगण, अनिल कपुर र माधुरी दीक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी , संजय मिश्रा र पीतोबाश लगायतका कलाकार देखिँदैछन्। ट्रेलरमा देखाइए अनुसार सबैजना ५० करोड खोज्न जनकपुर नाम रहेको एक ठाउँ जाँदैछन्।


हालाकी, फिल्ममा देखाउन खोजेको जनकपुर नेपालको जनकपुरधाम हो की भारतको जनकपुर भन्ने प्रष्टाइएको छैन । भारत झारखण्ड राज्यको बाबाधाम जाने बाटोमा विहार र झारखण्डको बीचमा जनकपुर भन्ने ठाउँ रहेको छ । तर ट्रेलरमा भने कुन जनकपुर जाने गरेको भनेर अहिले खुलाइएको छैन् ।

 

फिल्म टोटल धमालको ट्रेलर 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस