• २०७६ असार १० गते, मंगलबार
११:३९ pm

लहानमा मधेश सँस्कृतिको कार्यक्रम हुनेछ, जसमा अश्लिलता प्रदर्शन हुनेछैन : आयोजक

विभिन्न भाषाभाषीका कलाकारहरुको सहभागीता भएपनि लहानमा हुने कार्यक्रममा मधेशको सँस्कृतिमा मात्र कार्यक्रम गरिने

 

जनकपुरधाम, ९ माघ । आउँदो माघ २६ गते सिरहाको लहानमा आयोजना हुने भएको लहान साँस्कृतिक कार्यक्रममा कुनै एक भाषी तथा एक सँस्कृतिको कार्यक्रम नभई मधेशको विभिन्न सँस्कृतिमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । 

 

विभिन्न सँचारमाध्यमहरुमा नेपाली मोडेल एवम् नृत्याँगना ज्योति मगर र भोजपुरी सिने जगतकी नायिका अक्षरा सिँह लहान सँस्कृति कार्यक्रममा आउने भएपनि अश्लिलता प्रस्तुत हुने समाचार प्रकाशन प्रकाशित भएपछि आयोजकले त्यसलाई निराधार र बेतुका बताएका छन् ।

 

नेपाल टेलिकमको सहयोगमा एस.राज प्रोडक्नको बैनरमुनी हुन लागेको लहानको वाटिका टुरिज्ममा हुने साँस्कृतिक कार्यक्रममा विभिन्न भाषाभाषीका कलाकारहरुको सहभागीता भएपनि लहानमा हुने कार्यक्रममा मधेशको सँस्कृतिमा मात्र कार्यक्रम गरिने आयोजक सँतोष राजले बताए । 

 

उनका अनुसार, - "प्रदेश नं. २ को विभिन्न जिल्लामा, विभिन्न ठाउँमा विभिन्न भाषाभाषी रहेका छन् , हामीले मात्र मैथिली भाषामा आधारित मिथिला सँस्कृतिको कार्यक्रम गर्ने होईन, हामीले मधेश सँस्कृतिमा आधारित कार्यक्रम गर्न लागेका छौँ । जस अन्तर्गत मिथिला, भोजपुरा, थारु लगायत यस भित्र अन्य सँस्कृतिमा आधारित कार्यक्रम गर्दैछौँ ।" 

 

नेपाली मोडेल ज्योति मगरले अन्य ठाउँमा गरेको प्रस्तुति जस्तै लहानमा हुने कार्यक्रममा प्रस्तुति भने नदिने दाबी गरे । उनले भने, ज्योति मगर मोडेल हुन, गायिका र नृत्यागँना पनि हुन । अन्य ठाउँमा के कस्तो प्रस्तुति दिँदै आएकी छन् हामीलाई सरोकारको विषय छैन, हामीले लहान साँस्कृतिक कार्यक्रममा के प्रस्तुत गर्ने त्यो देखि दर्शकले सरोकार राख्नु जरुरी छ । 

 

यसअघि पनि गत वर्ष होलीको अवसरमा जनकपुरधाममा गरिएको होली हँगामा कार्यक्रममा भोजपरी सिने जगतका दिग्गज कलाकारहरुले जनकपुरधाममा स्थानीय सँस्कृतिमै आधारित कार्यक्रम गरेर जानु यस्ता सोंचबालाहरुको गालामा तमाचा भएको बताए । 

होली हँगामा कार्यक्रमको वखत पनि दर्शकहरुमा जनकपुरधाम जस्तो क्षेत्रमा भोजपुरी फिल्म जस्तै अश्लिलता प्रदर्शन गर्ने आवाज उठेपछि आयोजकले आकस्मीक पत्रकार सम्मेलन गरी त्यस्तो कुनै कार्यक्रम नहुने जानकारी गराएका थिए । र कार्यक्रम पनि स्थानीय सँस्कृतिमै विना कुनै अश्लिलताको सौहार्दमय वातावरणमा सम्पन्न भएको थियो । 

 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै आयोजक एवम् एस.राज प्रोडक्सनका निर्देशक सँतोष राजले भने, - "हामीले भोजपुरी नायिका अक्षरा सिँह, नेपाली मोडेल ज्योति मगरसँग मधेशको सँस्कृति, पहिचान र रहनसहन बारे यस पूर्व नै जानकारी गराईसकेका छौँ र लहानमा हुने कार्यक्रममा कस्तो प्रस्तुति दिने भनेर पनि कुरा गरिसकेका छौँ । आयोजक बमोजिम सहभागी कलाकारहरुले प्रस्तुति दिनेछन्, मनमौजी गर्न पाउने छैन र हामीले कार्यक्रम प्रस्तुतिको पूर्ण तालिका बनाईसकेका छौँ ।" 

 

कार्यक्रम प्रस्तुति हुनुपूर्व नै दोषारोपण केही सँचारमाध्यमहरुले गरेपनि आफूलाई केही फरक नपर्ने दाबी गर्दै राजले लहानमा हुने कार्यक्रम विशुद्ध मधेशको विभिन्न सँस्कृतिमा आधारित हुने प्रतिवद्धता समेत जाहेर गरे । 

 

आयोजकले यसअघि जनकपुरधाममा मधेशकै सँस्कृतिमा आधारित होली हँगामा, रौतहटमा गरुडा सँस्कृति कार्यक्रम, पर्साको विरगंजमा भोजपुरी नेपाली नाईट स्टार , विदेशमा पनि ट्रिपल धमाका जस्ता कार्यक्रम गरेका छन् । सबै कार्यक्रम स्थानीय सँस्कृतिमा आधारित सौहार्द वातावरणमा सम्पन्न भएको थियो । 

 


सम्बन्धित समाचार 

भोजपुरी नायिका अक्षरा सिँह र नेपाली मोडेल ज्योति मगरले लहान तताउने

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस