मलेसियाबाटै नेपाली चलचित्र 'संस्कार' सिनेमामा आउँदै 

२०७५ माघ ८ मंगलबार
बेलुकी ५:४९ बजे
न्यूज ब्यूरो, डेस्क

 

मलेसिया , ८ माघ ।  मैथिली र नेपाली भाषाका युवा कवि धिरेन्द्र पासवान सौर्य द्धारा निर्देशित नेपाली चलचित्र संस्कार चाडैं नेपाली दर्शक माझ आउने भएको छ।


प्रेम, मायामा आधारित भएको यो चलचित्र विशेष गरि वर्तमान अवस्थामा युवा पिढिहरुले गरिरहेको किरा र लोभ रुपि प्रेमको विरुद्धमा यश चलचित्रलाई निर्देशक सौर्यले नेपाली दर्शक माझ पर्दामा संदेशको रुपमा ल्याउने भएको हो।


आजभोलि पवित्र जस्तो प्रेम श्वव्दलाई फैसनको रुपमा लिइ युवा युवतीहरुले बजारको समान जस्तै प्रेमिले प्रेमिकालाई र प्रेमिकाले प्रेमीलाई मन लागे अदल बदल गरिने र प्रेममा ललाई फकाई युवाहरुले आफ्नो प्रेमिकालाई यौनको सिकार बनाई तिनीहरुको जीवन बर्बाद गरिने जस्ता घटना यहिले जताततै भैरहदा निर्देशक सौर्यले आफ्नो निर्देशनमा चलचित्र संस्कार मा यसको विरुद्ध पर्दामा दर्शक बिच जनचेतना मुलक संदेश ल्याउने भएको छ।

 

यश चलचित्रमा गुरु र धिरु कविता संग्रहले लेखेको एउटा गीत पनि रहेको छ उक्त गित रोशन मण्डलले गाएका हुन।मलेसियाको ग्याङ्गटिन हाइल्याण्ड,चैना टाउन र नेकियस जस्ता प्राकृतिक वातावरणले सजिएको अति सौन्दर्य ठाँउमा यश चलचित्रको सुटिङ भएको छ।गत शुक्रबार देखि शुरु भएको उक्त चलचित्रको सुटिङ सोमबारको सम्पन्न भएको हो।


यश चलचित्रको नायकको भुमिकामा नेपाली गितका मोडेल श्याम यादव र नायिकामा प्रनिता सुम्बा,लक्ष्मी थापा रहेकी छिन भन्ने खलनायकको भुमिकामा मैथिली भाषाका चर्चित गायक रोशन मण्डल,बिरेन्द्र यादव,श्याम महतो र गोबिन्दा रहेका छन।साथै गुरु दयाल यदुवंशीले लेखेको यश चलचित्रको कथामा धिरेन्द्र पासवान सौर्यले निर्देशन गरेका छन।र क्यामरामा कृष्ण गुप्ता र कुन्दन साहले यस चलचित्रको एडिटिङ्ग गरेका छन।

 

निर्देशक सौर्यले यो भन्दा अगाडि परिवर्तन भाको छ जिवान,एकै छिन तिम्रो हुन्छु लगायत आधा दर्जन जति नेपाली गितको भिडियोमा निर्देशन गरिसकेका छन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ माघ ८ मंगलबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus