सरसफाइले बाल मृत्युदरमा कमी

-न्युज ब्युरो, डेस्क

 

काठमाडौँ, ४ पुस :  आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । 

शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी दिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको सोमबार जानकारी दिइएको छ । 

स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखा र वाटर एड नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले ती जिल्लामा बाल मृत्युदर तथा पानीका कारणले हुने रोगमा उल्लेख्य कमी आएको भेटिएको छ । 

ती जिल्लामा २१ महिनादेखि सो कार्यक्रम कार्यान्वयनमा रहेका छ । नेपालमा वर्षेनी खोप सेवा लिने बालबालिका करीब छ लाख ३० हजार छ । यस्ता बालबालिकालाई मन्त्रालयअन्तर्गतका १६ हजार खोपकेन्द्रमार्फत खोप सेवा दिइन्छ । खोपको पहुँचदर भने ७८ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन । 

मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेलले आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा जाने आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव परेको हुँदा यस्ता कार्यक्रमलाई सबै तहमा विस्तार गर्न मन्त्रालयले ध्यान दिएको बताउनुभयो । 

अर्का विशेषज्ञ चिकित्सक विनोदमान श्रेष्ठले फुर्सदका समयमा रहेका आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा जलजन्य रोगमा कमी तथा बालमृत्युदरमा सुधार भएको कार्यक्रम कार्यान्वयनमा रहेका जिल्लाबाट पुष्टि भएको उल्लेख गर्नुभयो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक रोजेन्द्र पन्त र स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक विकास लामिछानेले खोपको पहुँचदरमा वृद्धि ल्याउन र खोप सेवा लिन आउने शिशुका आमालाई सरसफाइका बारेमा ज्ञान दिने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

वाटर एडका चिकित्सक ओमप्रसाद गौतमले सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले समुदायमा बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार आएको हुँदा आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्नुपर्छ भन्नुभयो । 

प्रतिकृया दिनुहोस

आयुर्वेद विकासमा भारत सरकार सहयोग गर्न सकारात्मक

    नयाँदिल्ली, २० मंसिर : भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।  नेपालका आयुर्वेद चिकित्सकसँग आज यहाँ भेट गर्दै

सपना पूरा गर्न र सिर्जनशील बन्न यस्तो सुझाब

  भनिन्छ, जे हुन्छ राम्रोका लागि हुन्छ । कुनै काम नगर भन्दा वा निषेध गर्दा हामीलाई नराम्रो लाग्नु स्वाभाविक हो । तर कैयौंपल्ट भने निषेध पनि उपयोगी

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने