• २०७६ भदौ २ गते, सोमबार
१०:१८ pm

मधेशको महाकुम्भ जहाँबाट सुरु हुन्छ, त्यहाँको विकासको लागि जेपनि गर्छु : मेयर यादव

१५ दिने परिक्रमाको प्रारम्भ पनि मिथिला बिहारी नगरपालिका बाटै हुन्छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाका युवा मेयर अनिल कुमार यादव, जो की विकासको मामिलामा लोकप्रिय मेयर मानिन्छ । नगरका आम सर्वसाधारणहरुसँग विकास निर्माणको लागि सधैँ अग्रसर रहने मेयर यादव नगरपालिकाको कार्यक्रम सँचालन विना अवरोधको गरिरहेका छन् ।

 

स्थानीय सरकार गठन भएपछि धेरै पालिकाहरुमा स्थानीय सरकारको गलत अर्थ लगाउँदै पनि जनता पिसिएको अवस्थामा मेयर अनिल कुमार यादवले भने जनता माझ त्यतिकै लोकप्रिय भएका छैनन् , उनले आफ्नो जिम्मेवारी बोध, काम, कर्तव्य र उत्तरदायित्व बोेधले सर्वसाधाण माझ लोकप्रिय सरकारझैँ भएका छन् । यसै क्रममा हाम्रा सहकर्मी सुरेन्द्र यादवले न्यूज ब्यूरो डिजिटल पत्रिकाको लागि मेयर यादवसँग नगर विकास, जनताको चाहना र वर्तमान स्थिति बारे अन्तरवार्ता गरेका छन् :

 


मिथिला बिहारी नगरपालिकाका जनताबाट पाएका जिम्मेवारी कसरी निर्वाह गर्दै हुनुहुन्छ  ?


हामीले चुनावको वेला जनताको घरदैलोमा भोट् माग्न जादै गर्दा पाँच वर्षमा यो यो काम गर्छु भनेर घँषणापत्र प्रस्तुत गरेका थिए र जनताले हाम्रो घँषणापत्रमा बिश्वास गरेर हामीलाई निर्वाचित  गराएर जुन जिम्मेवारी दिनुभयो त्यो जिम्मेवारीलाई आफ्ना कर्तव्य बुझेर जनताकै ईच्छा,आकांक्षा र चाहाना अनुसार काम गर्दैछु ।

 


स्थानीय निकायको निर्वाचन भएको एक वर्ष पार गरिसकेको छ,यो एक वर्षको अवधिमा के-के काम गर्नुभयो ?

- नयाँ संरचना भएकाले नगरपालिकामा साधन स्रोतको अभाव र कर्मचारीको पनि अभाव भएकाले पहिला त नगरपालिकाको कार्यलय व्यवस्थापन र साधन स्रोत जुटाएका छौँ । अब नगरपालिका व्यवस्थित भैसकेको छ । यो वर्षमा बिकास निर्माणका प्रयोग हुने उपकरण किनि सकियो । जसमा एउटा टिपर,एउटा जेसीबी,दुईवटा ट्याक्टर र एउटा सेफटी ट्यांकी ल्यायो । अब नगरपालिकाका बिकास निर्माणका कार्य द्रुत गतिमा हुन्छन् ।

 

मिथिला बिहारी नगरपालिकामा पहिलो नगर सभा मार्फत कति रकम छुट्टयाएको थियो ?

- पहिलो नगर सभामा कुल बजेट १८ करोड थियो जसमा प्रत्येक वडामा पुजीगत ५४ लाख र चालुतर्फ १०/१० लाख छुट्ट्याएका थिएँ ,बिकास निर्माणका उपकरण, शिक्षा, स्वास्थमा र कृषिमा लगानी गरियो र काम गर्दागर्दै पनि  ९ करोड खर्च हुन सकेन । बाकी रहेको रकम आउदो नगर सभा मार्फत खर्च गर्छौं ।

 

स्थानीय सरकारले पाएको अधिकार प्रयोग गर्दै लगाएको कर बिरोध चौतर्फी भइरहेको छ ,तपाईं के भन्नुहुन्छ ?

- मिथिला बिहारी नगरपालिकामा कुनै नयाँ कर लगाएको छैनन् ।तैपनि नेपाली कांग्रेस साथीहरू नगर प्रमुखले कर वृद्धि गरियो भनेर बिरोध जुलुस लिएर आएको थियो, तर बिरोध गर्ने साथीहरूलाई आग्रह गर्न चाहन्छौं । तपाईंहरू नगरपालिकामा आउनुहोस् र सत्यतथ्य बुझनुस कहाँ नयाँ कर लगाएको छ ।बहस गर्नुस् ,त्यतिकै सत्यतथ्य थाहै नपाएर बाख्रामा कर लगाईयो,परेवामा कर लगाईयो, भैंसीमा कर लगाईयो जनता बीच भ्रम नफैलाउनु । म प्रष्ट रूपमा भन्न चाहन्छु हामीले जनताको दुख,पिडा बुझेका छौँ । जनता लाई मार पर्ने कुनै किसिमको कर लगाएका छैनौं ।

 

 धेरै जसो नगरपालिकारगाउँपालिकामा प्रमुख र उप प्रमुख बीच कुरा नमिलेको समाचारहरु आएरहेको हुन्छ,तपाई उपप्रमुख संग कसरी तालमेल मिलाउनु हुन्छ ?

 

हेर्नुस् संगठनिक रूपमा एकै भए पनि व्यक्तिगत बिचार फरक हुनसक्छ । तर हामीलाई बीस वर्ष पछि भएको निर्वाचनमा जनताले काम गर्नको लागि पठाएको छ नाकी वादविवाद गर्न ।जतिको जिम्मेवारी नगर प्रमुखलाई दिएको छ उतिकै जिम्मेवारी उप प्रमुखलाई पनि दिएको छ । हामी प्रमुख र उप प्रमुख आफ्ना आफ्ना जिम्मेवारी बुझेका छौँ त्यसैले हामी विवादमा होईन नगर बिकासमा एक मत छौँ ।

 

स्थानीय सरकार गठन भएको देखि देशमा भ्रष्टाचार झन मौलाएको छ, जनताहरु भन्न थालेछ सिंहदरबारका अधिकार होइन,सिंहदरबारका भ्रष्टाचारीहरु आएको छ , तपाईलाई के लाग्छ ?

- सिंहदरबारका भ्रष्टाचारी मात्रै होइनन् सदाचारी पनि आएको छ जसले आफ्ना तलब भत्ता पनि जनता सेवामा खर्च गरिरहनु भएको छ । नकारात्मक भन्दा सकारात्मक तर्फ सोच्नुपर्छ ।देशमा अहिले तीन तहका सरकार छ संघीय सरकार,प्रदेशिक सरकार र स्थानीय सरकार पहिला केन्द्र बाट हुने काम अहिले स्थानीय स्तरबाट भइरहेको छ । गाबिस हुँदा कति बजेट हुन्थ्यो रु त्यसको तुलनामा अहिले राम्रो छ ।हो भ्रष्टाचारीलाई निरुत्साहित पार्नुपर्छ आफ्ना ठाउँबाट भ्रष्टाचारीलाई पर्दाफास गरौं र भ्रष्टाचार मुक्त देशमा निर्माण गरौं । अर्को कुरा मिथिला बिहारी नगरपालिकामा भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारी लाई यो नगरपालिकामा गुन्जास छैन ।

 

मिथिला बिहारी नगरपालिका लाई नमूना नगरपालिका बनाउने तपाईं सँग के योजना छ ?

- मिथिला बिहारी नगरपालिका भनेको एउटा पर्यटकीय स्थल पनि हो ।हामी पशुराम तलाउलाई अलिकति व्यवस्थित र सौन्दर्यकरण गरियो भने यो एउटा पर्यटक आकर्षक हुन्छ किनभने पशुराम तलाउ भन्दा पाँच किलोमीटर उत्तर धनुषाधाम स्थित धनुषा मन्दिर छ पाँच किलोमिटर दक्षिण जानकी मन्दिर छ । जानकी मन्दिर दर्शन गरेपछि प्रायः पर्यटकहरु धनुषाधाम पुगिन्छ र पशुराम तलाउ त्यही बाटोमा पर्छ त्यस माइनेमा पनि पशुराम तलाउको महत्त्व छ । 


१५ दिने परिक्रमाको प्रारम्भ पनि मिथिला बिहारी नगरपालिका बाटै हुन्छ । त्यसैले हाम्रो नगरपालिका पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको छ ।अर्को पशुराम तलाउ सौन्दर्यकारणका सहरी बिकास मन्त्रालयबाट दस करोड आएको छ । त्यसको डिपिआर तयारी भैसकेको छ । अर्को एउटा ४२ करोडको योजना छ जसमा पिकनिक प्यालेस, स्पोर्ट्स प्यालेस र १ देखि ४ नम्बरका सब दहन त्यही भएकाले  एउटा स्वर्ग द्वार बनाउने योजना छ । त्यसैगरी हाम्रो देश कृषिमा आधारित भएकाले मेरो मुख्य उदेश्य किसानहरुको लागि बिउ,बिजन,खाद्य, बिजुली र पानी सहज र सरल उपलब्ध हेतु नगरपालिका भित्र प्रत्येक वडामा चार इन्च १०-१० वटा बोर्डिङ लगाउने योजना छ ।

त्यसैगरी किसानहरुको लागि कृषि मिटर २५% अनुदान दिनेछौं र बिद्धुत महसुलमा ५०% छुट दिन्छौं । शिक्षा तर्फ एक करोड विनियोजन गरेका छौं । प्रत्येक माबि तहमा १०/१० लाख र अन्यमा ५/५ लाख दिएका छौं । नगरपालिका भित्र "मलिक  (डोम)  समुदायको लागि नगर प्रमुख विशेष आवास निर्माणू  लागि ५० लाख दिएका छौँ जहाजहा उनीहरू अव्यवस्थित तरिकाले बसोबास गरिरहेका छ त्यहा घर निर्माण गरेर व्यवस्थित छौं। स्वास्थ्यमा पनि यस्तै छ । समग्रमा भने हो हरेक क्षेत्रमा बिकासको लागि लागिपरेको छौँ ।

 

अन्त्यमा केही भन्न चाहनुहुन्छ ? 


नगरसाबीलाई मलाई नगर प्रमुख चुनिएकोमा धन्यवाद दिन चाहन्छु र २४औं घण्टा नगर बासीका सेवा तत्पर रहन्छौ |

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

सुरेन्द्र कुमार यादव

संवाददाता

जनकपुर, नेपाल - प्रदेश नं. २

उहाँ न्यूज ब्यूरोको लागि धनुषाबाट पेट्रोलिँग टिमका संवाददाता हुन । जिल्लाको कुना कुनामा गएर समाचारको लागि पेट्रोलिँग गर्नुहुन्छ । मोबाईल नम्बर : +9779824847354 |

प्रतिकृया दिनुहोस