• २०७६ असार १० गते, मंगलबार
११:३७ pm

सिरहाका १ युवक सप्तरीमा लागुऔषध सहित फन्दामा

चेकजाँच गर्ने क्रममा लागुऔषधसहित यादवलाई पक्राउ गरेको

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा सिरहाका एकजना युवक लागुऔषध सहित पक्राउ परेका छन् । सिमावर्ती भारतबाट नेपालतर्फ अवैध लागुऔषध ल्याउँदै गरेका सिरहा लहानका १८ वर्षीय भरत यादवलाई सप्तरीको बोदे बर्साइन नगरपालिका ५ स्थित मुख्य बजारबाटै प्रहरीले पक्राउ गरेको हो । 

 

ईलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

 

यादवको साथबाट नाईट्रोभेट ६ सय पिस, फेनारगन ५१ पिस, डाईजेल्याप ५० पिस र नुर्फिन २९ पिस बरामद गरिएको सप्तरी प्रहरीले जनाएको छ । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस