थप्पड प्रकरणका सचिव 'विद्यानाथ झा' बेहोस !

हातमा रमाना पत्र थमाउँदै विना कुनै बरबुझारथकै हाजिर हुन जानु भनेपछि उनको मानसिक सन्तुलन ठिक नभएको प्रष्टाए । 

२०७५ माघ ६ आइतबार
बेलुकी ७:३५ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, ६ माघ । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झा होसमा नभई बेहोस जस्तै काम कारवाही गरेको दाबी गरिएको छ । 

 

प्रदेश नं. २ को प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पूर्व कर्मचारी समेत रहेका चन्देश्वर सदाले सचिव विद्यानाथ झा बेहोस दिमागको रहेको जिकीर गरेका छन् ।

 

आईतबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै  सहायक वन अधिकृत सदाले भने- "मन्त्रालयका सचिव विद्यानाथ बेहोस मान्छे जस्तै हो  । उनले गरेका धेरै निर्णयहरु बेहोसीमा गरेको प्रष्ट देख्न सकिन्छ । मन्त्रालयबाट निर्देशनालयमा सरुवा हुँदा रमाना वखत दिइने रमाना पत्रमा पुस मसान्तसम्म तलव नखाएपछि पुस मसान्तसम्मको तलब बुझेको भनेर लेखेर दिएपछि त्यति बेला नै उनी बेहोस हो भनेर बुझें ।" 

 

मन्त्रालयबाट निर्देशनालयमा सरुवा भईसकेका सहायक वन अधिकृत सदाले आफू मन्त्रालयमा जाँदा एकाएक उनको हातमा रमाना पत्र थमाएको आरोप लगाएका हुन् । कार्यालय पुग्दा कार्यालयबाट हातमा रमाना पत्र थमाउँदै विना कुनै बरबुझारथकै हाजिर हुन जानु भनेपछि उनको मानसिक सन्तुलन ठिक नभएको प्रष्टाए । 

 

 

उनले भने, -"गत पुस २० गते कार्यालयमा पुगे , पुग्ने वित्तिकै हातमा खामबन्दी रमाना पत्र थपाए , मेरो तलब र बरबुझारथ गरी मात्र अन्य कार्यालयमा हाजिरी हुने व्यवस्था भएपनि नियम कानुन विपरित मन्त्रालयले अन्य कार्यालयमा हाजिरी हुन भनेपछि उनको मानसिक सन्तुलन ठिक नभएको ठम्याएं । जबकी बिना बरबुझारथको कुनै पनि कर्मचारीलाई अन्य कार्यालयमा पठाउने नियम नै छैन । रमाना पत्र सचिव झाको हस्ताक्षरले सदर गरी दिइएको छ ।" 

 

अधिकृत सदाले पहिले बरबुझारथ गरेपछि अर्थात् कर्मचारी उपर बाँकी बक्यौत्ताका जिन्सी समानहरु बुझाएपछि मात्र अन्य कार्यालय सरुवा भई जान दिने नियम विपरित बरबुझारथको विवरण नभएको तथा हाजिर भएपछि गरिने भनेर उनको रमाना पत्रमा उल्लेख गरिएको छ । 

 

पुस मसान्तसम्मको तलब अधिकृत सदाले नखाएपनि उनको रमाना पत्रमा पुस मसान्तसम्मको तलब खाएको भनेर उल्लेख गरिदिएपछि सरुवा भई गएका वन निर्देशनालयबाट उनलाई पुस मसान्तको तलब खाएको भन्दै तलब नखुवाएको गुनासो पोखे । उनको तलब सचिव झाकै गल्तीका कारण हालसम्म नपाएको आरोप समेत लगाए । 

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ माघ ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus

} }