धनुषा प्रहरीद्धारा ठुलो परिमाणको गाँजा खेती नष्ट 

२०७५ माघ ५ शनिबार
बेलुकी ७:५९ बजे
शम्भु पण्डित


जनकपुरधाम, ५ माघ ।  जिल्लामा बढदै गएको अपराधिक क्रियाकलपलाई मध्यनजर गर्दै एक्सनमा आएका धनुषा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजा खेती नष्ट गरेका छन् ।

 

धनुषा प्रहरीले गोप्य सूचनाको आधारमा शहिदनगर नगरपालिकाको बालाबाखर गाउँमा लगाइएको डेढ कठ्ठाको लागुऔषध गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय सबैलाबाट विशेष सुचनाको आधारमा खटि गएको प्रहरीको संयुक्त टोलिले  शहिद नगर नगरपालिका वडा नं. १ बालाबाखर स्थित स्थानीय अज्ञात व्यक्तिले  बस्तीमा लुकाइछिपाइ रोपेको अन्दाजी डेढ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले  नष्ट गरेको छ । 

 

उक्त गाँजा कस्को हो भन्ने बारेमा अहिलेसम्म नखुलेको र गाँजा खेती गर्ने गिरोहको खोजिकार्य भैरहेको तथा फाडिएको गाँजा ईलाका प्रहरी सबैलामा ल्याइएको ईलाका प्रहरी कार्यालय  सबैलाका प्रहरी नीरिक्षक अबधलाल यादवले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ

  • २०७५ माघ ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो ।  बुधबार

पूरा पढ्नुहोस्

Bureau Menus

} }