• २०७५ फाल्गुण १२ गते, आइतबार
०७:२८ am

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धनुषाको 'तिनकौरिया टिम' बिजयी 

स्टेडियम निर्माणका लागि नगरपालिकाले आफु हरेक निकाय संग समन्वय र सहकार्य गर्ने समेत उल्लेख गर्नु भयो ।


संजीव मण्डल, ४ माघ ।  विदेह नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बजरंग फुटबल टिम तिनकौरियाले बफैंलाई हराउदै एकका बिरुद्ध चार गोलले बिजयी भएको छ । 


खेल शुरु भएको त्रिचालिसौ मिनेटमा तिनकौरिया टिमका राजेश साफीले पहिलो गोल हानेको थियो । त्यसको लगतै आर्को पाँच मिनेटमा फेरी साफी अर्को गोल हानेको थियो । यसरी लागातार तिनकौरिया टिमले अर्को दुई गोल हानेर जम्मा तीन गोल गरेका थिए । 


खेल निकै रोमान्चक भईरहेको बेलो अन्तीम समयमा बफै टिमका सेराजुल नदाफले तिनकौरियालाई एक गोल हानेर खाता खोलेका थिए । तर पनि बफैं टिमले गोल बराबरी गर्न सकेन ।


खेलको समापनमा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नगरपालिकामा नगर स्तरीय स्टेडियम निर्माणका लागि प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने बताउनु भयो । स्टेडियम निर्माणका लागि नगरपालिकाले आफु हरेक निकाय संग समन्वय र सहकार्य गर्ने समेत उल्लेख गर्नु भयो ।

 

यसै गरी खेलाडिहरुलाई हौसला प्रदान गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सञ्जिव साहले यसै गरी नगले चाडै मेयरकप सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा जिल्ला फुटबल संघ लगायका अध्यक्ष सुरेश शर्मामो समेत उपस्तिी रहेको थियो ।

 

आजको खेलमा म्यन अफ दी म्याच तिकौरिया टिमका राजेश साफीले प्रप्त गरेका छन् भने बेस्ट डिफेन्डर उपाधि सागर राईले प्राप्त गरेका छन् । यसै गरी बेस्ट मिड फिल्डर तिनकौरिया टिमका कप्तान सञ्जय कुमार मण्डल हासिल गरेका छन् भने अनुसासित टिमका उपाधि पचहर्बा फुटबल टिमलाई प्रदान गरिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस