मधेशमा 'क्रिकेट क्रेज' , मधेशी खिलाडीहरुले नेश्नल टिममा बढाउँला त स्थान ?

यस प्रतियोगितामा जिल्ला स्थितका बिभिन्न टिमहरु समावेश गरिने भनेर अध्यक्ष को भनाई छ ।

२०७५ माघ ३ बिहीबार
दिउसो ४:४९ बजे
विट्टु मिश्रा
फाईल तस्विर : Google.com


विट्टु मिश्रा, ३ पुस ।  विश्वमै अहिले लोकप्रिय बन्दै गएको खेल क्रिकेट, जसको शुरुवात अंग्रेजहरुले गरेपनि अहिले बिभिन्न देशहरु एकअर्काको टक्कर लिंदै देखिन्छ । 


 विगतका दिनहरुलाई हेर्दा नेपाल पनि यसमा प्रगती गरिरहेको देखिन्छ । नेपालबाटै खिलाडी  “सन्दीप लामिछाने” अहिले विश्वको लगभग सम्पूर्ण चर्चित लिगहरुमा आफ्नो कला देखाउँदै चर्चित भएको देखिन्छ भने उहाँको साथमा नेपाली क्रिकेटका प्रशंशकहरू इन्गलेंड देखी भारत , बांगलादेश सम्म नेपाली झण्डा फहराएको देखिन्छ ।


राष्ट्रिय नेपाली टिमलाई हेर्दा यस टिममा मधेशी खिलाडीहरु औंलाले गन्न सकिन्छ अर्थात् नाइँ बराबर नै देखिए पनि मधेश बाटै छानीएका ‘बिनोद दास” बर्षौं सम्म नेपाली टोलीको नेतृत्व गरेको देखियो भने  ‘महबुब आलम” ले एकै खेलमा सार्वाधीक १० विकेट लिंदै “गिनिज बुक अफ द वर्ल्ड” मा आफ्नो नाम समावेस गराए  ियसरी नै हेर्दा ‘अनिल मण्डल, जितेन्द्र मुखिया, अविनास कर्ण ” हरुले पनि कैयौं खेल आफ्नै वलले जिताएको देखिन्छ ।


भारतीय सिमावर्ती क्षेत्र सँग जोडिएकोले गर्दा र नेपाली क्रिक्रेट टिम ठुल ठुला खेल सम्म नपुगेकाले गर्दा तराई मधेशका खिलाडीहरुमा बिशेष गरि भारतीय क्रिकेट टिमका समर्थक देखिन्छ ।  टिम अथवा खिलाडी कुनैपनि देशका मन पराएपनी हरेक खिलाडीलाई राष्ट्रिय टिमबाट खेल्न पाउने अवसर जुरोस भनेर आश हुन्छ, तर धेरैजसो खिलाडीहरुको उमेर त्यत्तिक्कै बितेर गएपनि अवसर पाएको देखिन्न ।

 

भूमि समतल र कैयौं क्रिकेट ग्राउण्डहरु भएपनि तराईरमधेश बाट राष्ट्रिय टिममा पर्ने खिलाडीहरुको मात्रा सधैंभरि न्यून देखिएको छ  । तराई मधेशका खिलाडीहरुलाई प्रश्न गर्दा “ टिममा खासगरी नातावाद कृपावादलाई प्रार्थमिकता दिइन्छ ।” भनेर जबाब आउँछ । 

यति चुनौती हरु भएपनि यहाँका युवापिढीहरु भने हार मानेका देखिन्न । स्थानीय सरकार आएपछि, अहिले बिभिन्न “गाउँपालिका, नगरपालिका , वडाहरु” आ आफ्नो टिम खडा गरिरहेको देखिन्छ ।  यहीं क्रममा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्षको मातहतमा गाउँपालिकाका सम्पूर्ण वडाहरु बाट खिलाडी छनौट गर्दै क्यान (क्रिकेट एशोसिएन अफ नेपाल ) को सहयोगमा आगामी माघ १० गते गजेन्द्र नारायण सिंहको स्मृतीमा “गजेन्द्र नारायण सिंह स्मृति टि २० क्रिकेट प्रतियोगीता” आयोजना गर्न लागेका छन् ।

 

 सोहीं गाउँपालिका अध्यक्ष सँग भएको कुरा अनुसार, “क्रिकेटमा बढदो लोकप्रियता र राम्रा राम्रा खिलाडीहरुलाई सबै समक्ष राख्नको निम्ती एउटा सानो प्रयास गरेका हुन् । ” यस प्रतियोगितामा जिल्ला स्थितका बिभिन्न टिमहरु समावेश गरिने भनेर उहाँ अध्यक्ष को भनाई छ ।

 

तर प्रश्न कहाँ उब्जेर  जान्छ भने, मधेशी मूलका नेपालीहरुले क्रिकेटको नेश्नल टिममा कतिको स्थान बनाउन पाउँला त ? यी कलिला खेलाडीहरुले प्रदर्शन राम्रो गर्न सकेपछि प्लेटफर्मको अभावमा उनीहरुले बीच बाटोमै अस्विकार गर्न बाध्य हुन्छन् । मधेशी खेलाडीहरुलाई प्लेटफर्म भेटाए अन्तराष्ट्रिय टिमसँग जुध्ने हौसला र क्षमता समाहित गरेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ माघ ३ बिहीबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus