धनुषामा क्लब उद्घाटनको उपलक्ष्यमा २ सय ८० बालबालिकालाई कापी कलम 

२०७५ माघ ३ बिहीबार
बिहान ०६:१३ बजे
शम्भु पण्डित


जनकपुरधाम, २ माघ ।   धनुषामा एक क्लबको उद्घाटन समारोहको खुसीयालीमा स्थानीय बालबालिकाहरुलाई कापी र कलम वितरण गरिएको छ । 


धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठियनमा क्लब उदघाटनको  उपलक्ष्यमा २ सय ८० विद्यार्थी लाई कापि र कलम बितरण गरिएको हो ।  वडा नं. ९ भठिहनमा  क्लब  न्यु शिव शक्ति युवा क्लबको उद्घघाटन  समारोहको उपलक्ष्यमा बुधबार वडास्थित रहेको समुदायिक  शेखर जनचेतना प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो । 

अध्ययन गर्ने र विद्यार्थी लाई उत्साह बढाउनको लागि   कक्षा १, २, ३, ४ र ५ कक्षाको विद्यार्थहरुलाई कापी र कलम वितरण गरिएको हो ।  क्लबका अध्यक्ष उदयशँकर साहको अध्यक्षता तथ  प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) धनुषाका किशोरी साह कमलको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा कलिला छात्रछात्राहरुलाई कापी कलम वितरण गरिएको छ । 


सो कार्यक्रममा सबैला नगरपालिकाक प्रमुख विजय शंकर प्रसाद साह, उप प्रमुख निलु देवि कापर, लगायतका राजनितिक दलका प्रतिनीधि , सरकारी कर्मचारी, बिद्यार्थी, सर्वसाधारण बुद्धिजीवीहरुको उपस्थित रहेको थियो। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ माघ ३ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }