डा. सिके राउत पक्राउ परेको आज १०० दिन, 'मधेश संगीत' विमोचन

गीत मार्फत मधेश र मधेशी उपर राज्यद्धारा हुँदै आएको विभेदलाई दर्शाइएको छ । 

२०७५ माघ १ मंगलबार
रति ९:०० बजे

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत पक्राउ परेको १००औं दिनमा मधेश (स्वराज) संगीत नामक एल्बम विमोचन गरिएको छ ।

 

डा. राउत पक्राउ परेको १००औं दिन तथा माघे संक्रान्तिको अवसर पारी गठबन्धनद्धारा सिरहाको सन्हैठामा आयोजित एक कार्यक्रमबीच स्वराज एल्बमको विमोचनसँगै खिचडी महोत्सवसमेत भव्यताका साथ मनाइएको छ ।

 

विमोचन गरिएको उक्त एल्बममा 'मै मधेशी हुँ, अल्लाह मेरे मौला मेरे सुन रहा है न तु, एरि उठाक ताईक रहल छि कहिया औतै स्वराजी, तोरा हितमे नै भेलौ संविधान सुन हो मधेशी जवान र आजादी मागने आया हुँ मै आपसे' गरी जम्मा पाँचवटा गीत रहेको छ । 

 

एल्बमका गीतमा राजकुमार त्यागीको संगीत रहेको छ भने तेजु मैथिल, गणेश मण्डल, राजकुमार त्यागी, निलम राज र रोहित मण्डलको स्वर सजाइएको छ । स्वराजको यात्रामा सहयोग पुग्ने उद्देश्यले गीत बनाइएको हो ।

 

गीत मार्फत मधेश र मधेशी उपर राज्यद्धारा हुँदै आएको विभेदलाई दर्शाइएको छ । 

 

कार्यक्रमका वक्ताहरुले स्वराज आन्दोलनको प्रथम सहिद राम मनोहर यादवको परिवारलाई हालसम्म न्याय नमिलेको भन्दै आपत्ति जनाएका छन् ।

 

एल्बमका संगीतकार राजकुमार त्यागीको अध्यक्षतामा सम्पन्न समारोहमा गैर आवासीय मधेशी संघ (एनआरएमए) अमेरिकाका अध्यक्ष ईन्द्रजीत यादवले प्रमुख आतिथ्य ग्रहण गरेका थिए भने गठबन्धनका कार्यकर्ताहरु भारी संख्यामा सहभागी थिए ।

 

कार्यक्रम सञ्चालन गठबन्धनका स्वराजी दिपेन्द्र यादवले गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७५ माघ १ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }