धनुषाको सबैलामा मृत भेटिए महिला, शव नजिकै भेटिए यी वस्तु पनि !

मृतकको शव नजिकै विषको बट्टा समेत फेला परेको भन्दै खातुन आत्महत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ । 

२०७५ पौष ३० सोमबार
बेलुकी ७:०२ बजे
शम्भु पण्डित


जनकपुरधाम, ३० पुस । धनुषामा एक महिला मृत अवस्थामा बेबारिसे फेला परेको छ । 

 

धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा सोमबार (आज) अपरान्ह एक महिला मृत अवस्थामा फेला परेको हो । आईतबारदेखि बेपत्ता भएकी सबैला नगरपालिका वडा नं. १० खरिहानी बस्ने अन्दाजी बर्ष ६० की रसिदा खातुनको शव बरामद प्रहरीले गरेको हो । 


सबैला वडा नं. १२ रघुनाथपुर स्थित बेबारिसे अवस्थामा रहेको शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । जानकारी पाएलगत्तै घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक अबध लाल यादवको टोलीले घटनास्थलको मुचुक्लका उठाउँदै शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जानकारी दिएका हुन् ।


खरिहानी बस्ने समसुल धुनियाकी श्रीमति खातुन आईतबार अपरान्ह घरबाट परिवारिक झगडाले गर्दा बाहिर भागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मृतकको शव नजिकै विषको बट्टा समेत फेला परेको भन्दै खातुन आत्महत्या गरेको हुनुपर्ने अनुमान गरिएको छ । 


यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले जानकारी दिए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ पौष ३० सोमबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }