दुबईको 'मधेशी मिलन' समारोहमा यसरी झुमे मधेशी मूलका नेपालीहरु
गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले मधेश र मधेशीको हितको लागि संघ सदैव तत्पर रहेको बताए ।

२०७५ पुस २९ आइतबार, बिहान ६:२५ बजे१ मिनेट पढाइ

दुबई, २९ पुस । नेपालीहरुको उल्लासको पर्वको रुपमा मनाइने मकर सँक्रान्तीको अवसरमा विदेशमा रहेका मधेशी मूलका नेपालीहरुले मधेशी मिलन समारोह मनाएका छन् ।
अँग्रेजी पात्रोको नयाँ वर्ष २०१९ तथा नेपालीहरुको पर्व मकर सँक्रान्तिको अवसरमा नेपाली मूलका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ, युएईले दुबईका जबिल पार्कमा मधेशी मिलन समारोहको आयोजना गर्दै मधेशी मिलन गरेका हुन् ।
गत शुक्रबार मधेशी मिलन समारोहलाई थप स्तरीय र स्मरणीय बनाउको लागि संघले आवद्ध तथा सँस्था बाहिरका मधेशीहरुको लागि वनभोजको आयोजना समेत गरेको थियो । नेपाली मूलका मधेशी युवायुवतिहरुले प्रत्येक वर्ष अँग्रेजी नयाँ वर्षको अवसरमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।
मधेशी मिलन समारोहमा सँस्थासँग आवद्ध पदाधिकारी, मुस्लिम समुदायहरुको मोटो उपस्थिति रहेको थियो । कार्यक्रमलाई केही बेर रोमाञ्ति बनाउँदै सहभागीहरुले नाचगानका साथै मनोरञ्जनात्मक कार्यक्रम समेत गरेको थियो । कार्यक्रमलाई संघका दुबई अध्यक्ष सँजय कर्ण र उपाध्यक्ष बबि सिँह यादवले सहभागी मधेशीहरुलाई स्वागत गरेका थिए ।
मधेशी जनताको हकहितमा काम गर्दै आएको गैर आवासीय मधेशी संघले मधेशीको दुःख र सुःखमा सदैव साथ रहने प्रतिवद्धता संघका पदाधिकारीहरुले गरेका थिए । संघका वरिष्ठ सल्लाहकार डा. रविन्द्र सहित गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले मधेश र मधेशीको हितको लागि संघ सदैव तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा सहभागी मधेशी युवायुवतिहरुले यस कार्यक्रमलाई अविस्मरणीय बनाएको प्रतिक्रिया दिएको थियो । कार्यक्रमको दोस्रो सत्रमा साँझ करिब ५ बजेसम्म विभिन्न मनोरञ्जनात्म खेल, गीत सँगीत, नृत्य एवम् नाटक समेत गरेका थिए भने सहभागीहरुले उत्साहपूर्वक भाग लिएको प्रति अध्यक्षले कृतज्ञता जनाए ।
सो कार्यक्रम सँचालनको लागि जगनारायण मण्डल, मनोरञ्जनात्मक खेल सँयोजकमा अमित शर्मा, खर्च व्यवस्थापनमा सँत साह, टिकक व्यवस्थापनमा विनोद पासवान र नास्ता व्यवस्थापनमा राम राउत तथा मदन यादवले जिम्मेवारी निर्वाह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…