ऐतिहासिक धनुषा 'मकर मेला' आउँदो आईतबारदेखि लाग्ने , ११ लाखमा ठेक्का

मकर मेला तेजपात (पतरक, तरकारीमा स्वाद र सुगन्धको लागि प्रयोग गरिने एक प्रकारका सुकेको पात ) को लागि प्रसिद्ध मानिन्छ ।

२०७५ पौष २८ शनिबार
बेलुकी ६:०३ बजे
विनय कु. यादव | धनुषा


धनुषा, २८ पुस । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाको धनुषाधाममा परापूर्वकालदेखि लाग्दै आएको मकर मेलाको ठेक्कापाटा सम्पन्न भएको छ । 

 

स्थानीय तह लागू भएपछि स्थानीय तह सँचालन ऐन अनुसार नै धनुषाधाम नगरपालिकाले आफ्नो मातहतमा मेला आयोजना गर्दै आएको छ । मेलाको लागि नगरपालिकाले आव्हान गरेको टेन्डर (बोलपत्र) को लागि ५ कम्पनीका ठेक्केदारहरुले उक्त ठेक्का दाबीको लागि कागजातहरु पेश गरेको भएपनि प्रक्रियागत र बोलपत्रको नियमानुसार ११ लाख २१ हजारमा स्थानीय प्रदीप कुमार भण्डारीले उक्त ठेक्का पाएका हुन् ।

 

माघको पहिलो आईतबारदेखि एक महिनासम्म नै माघैभरि प्रत्येक आईतबार विहानैदेखि लाग्ने उक्त मेला भर्नको लागि नेपाल सहित भारतको विभिन्न ठाउँबाट समेत श्रद्धालु सर्वसाधारणहरु आउने गरेको छ । धनुषाधाममा अवस्थित धनुष बाबा मन्दिरमा शरिरमा हुने मुसो (अ‍ैल्हा) रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ । 

 

 

मुसो एक प्रकारको चर्मरोग मान्छि । यी रोग भएका श्रद्धालुले धनुषाधाममा रहेको धनुष बाबा मन्दिरमा भण्डाभार ( बैगनको भार) चढाउने भाकल गरेपछि रोग निको हुने मान्यता पौराणिकालदेखि नै चलिआएको छ । मेलामा हजारौँको सँख्यामा सर्वसाधारणहरु विभिन्न गामिणभेकबाट भाकल तथा मेला भर्नको लागि आउने गर्छन् ।

 

धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपात (पतरक, तरकारीमा स्वाद र सुगन्धको लागि प्रयोग गरिने एक प्रकारका सुकेको पात ) को लागि प्रसिद्ध मानिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ पौष २८ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus

} }