सर्लाहीको नाढिमन तालमा 'फ्रि वाईफाई'

पर्यटक तान्नका लागि फ्रि वाईफाईको व्यवस्था

२०७५ पौष २७ शुक्रबार
बेलुकी ७:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको नाढिमन तालमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । देशका सय उत्कृष्ट पर्यटकीय स्थलमा समावेश गरिएका नाढिमन तालमा पर्यटकलाई आकर्षित गर्नका लागि शुक्रवारदेखि फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।

 

चन्द्रनगर गाउँपालिका वडा नं. ६ र ७ मा पर्ने तालमा बढीभन्दा बढी पर्यटक तान्नका लागि फ्रि वाईफाईको व्यवस्था गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले फ्रि वाइफाई राखिएको छ । 

 

अहिले दैनिक १ सयदेखि १ सय ५० जनाको संख्यामा पर्यटक आउने गरेका छन् । तालमा पर्यटकका लागि बोटिङ्गको व्यवस्था पनि गरिएको छ ।

 

अहिले ८ वटा खुट्टाले चलाउन मिल्ने ८ वटा डुङ्गा राखिएको छ । एक हप्ता भित्र दुईवटा मोटर बोट ल्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

 

फ्रि वाछफाई र मोटर बोट भएपछि पर्यटकको संख्या बढ्ने र स्थानिय तहको आर्थिक अवस्थामा केही सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या, दुई युवक पक्राउ

  • २०७५ पौष २७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी चक्कुले रेटेर हत्या गरेको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बल्हास्थित युवकलाई चक्कुले घाँटी रेटेर हत्या भएको हो ।  बुधबार

पूरा पढ्नुहोस्

Bureau Menus

} }