मानव अधिकार कार्यशाला सम्पन्न

कार्यशाला युथ एड्भोकेसी नेपालले आयोजना गरेको हो । 

२०७५ पौष २६ बिहीबार
रति ९:२२ बजे
न्यूज ब्यूरो | नेपाल


काठमान्डौँ, २६ पुस । बाल अधिकार क्षेत्रमा कार्यरत बाल अधिकारकर्मी दिवाकर उप्रेतिले सरकार किशोर किशोरीहरुको अधिकारको हकमा चुकेको बताएका छन् ।


काठमान्डौँमा सम्पन्न युवा मानव अधिकार कार्याशालाको क्रममा उनले वाल अधिकारसँग सम्वन्धित महासन्धीको नेपाल पक्षधर राष्ट्र भई धेरै कानुन तथा सयन्त्रको प्रवन्ध गरे पनि वालवालिका तथा किसोर किसोरीहरुको अधिकारको संरक्षणमा राज्य चुकेको अधिकारकर्मी उप्रतीको भनाई थियो । युवाहरुको क्षमतावृद्धी गर्ने उदेश्यले आज काठमाण्डौंको अनामनगरमा “युवा मानव अधिकार कार्यशाला” सम्पन्न भएको छ । कार्यशाला युथ एड्भोकेसी नेपालले आयोजना गरेको थियो । 


कार्यशालामा प्रशिक्षण गर्दै जात, वर्ण, भाषा, क्षेत्र, लिङ्ग, क्षेत्र, धर्म, उत्पती वा आर्थिक, राजनीतिक, समाजिक अवस्थाको आधारमा भेदभाव नगरिकन मानव भएका नाताले प्राप्त हुने अधिकार नै मानवअधिकार भएको युवा अधिकारकर्मी विनय कार्कीले वताए । राज्यले मानव अधिकारको सम्मान, संरक्षण तथा परिपुरण गर्नु पर्नेमा कार्कीको जोड थियो ।   


संविधानमामा उल्लेख भएको अधिकार मात्र मौलिक अधिकार भएकाले यसको संरक्षण तथा सम्वद्र्धनमा युवाहरुले भुमिका खेल्नु पर्ने कार्यशालाकी अर्की प्रशिक्षक तथा युथ एड्भोकेसी नेपालको महासचिव गीता चौधरीको जोड थियो ।  


कार्यशालामा अथिति वक्ताको रुपमा भनाई राख्दै मानवअधिकारको आन्दोलन विवेध विरुद्धको आन्दोलन भएको राष्ट्रिय मानवअधिकार आयोगको उप निर्देशक हरी प्रसाद ज्ञावालीले वताए । के अपराध हो र के मानवअधिकारको उल्लङ्गन हो भन्ने युवा मानव अधिकारकर्मीहरले छुट्याउनु पर्ने ज्ञावालीको आग्रह थियो ।


मानव अधिकारको सम्वन्धमा राज्य कर्तव्य निर्वाहक र व्यक्ति उपभोक्ता भएकाले तर, लेकिन, किन्तुको नाममा राज्य आफ्नो दायित्ववाट पन्छिन नमिल्ने अर्का अथिति वक्ता मानवअधिकारकर्मी वद्री सिवाकोटीको भनाई थियो । 


मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै मानवअधिकार शिक्षालाई प्रवद्र्धन गर्न २५ वटा भन्दा वढी कलेज÷क्याम्पसमा युवा मानवअधिकार कार्यशाला आयोजना गर्ने संस्थाको योजना भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले उल्लेख गरे । 


कार्यशालाका प्रशिक्षार्थीहरुले मानवअधिकारको अवधारण, यसको विकास, मानवअधिकारको सिद्धान्त, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, मौलिक अधिकार लगायतका विषयमा ज्ञान हासिल गरेका थिए । कार्यशालाको संचालन अधिकारकर्मी तिर्थराज कोईरालाले गरेका थिए ।    

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७५ पौष २६ बिहीबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }