४ दिन नबित्दै पुनः भयंकर डकैती, हतियार देखाएर लाखौं लुटे

ढोकासमेत नहुँदा सहजै घरभित्र पसी हतियार देखाएर कुटपिट गर्दै लुटपाट

२०७५ पौष २६ बिहीबार
बिहान १०:२५ बजे
विनय याद |, सिरहा


सिरहा, २६ पुस । सिरहाको कल्याणपुर नगरपालिकामा ४ दिन नबित्दै गएराति पुनः डकैती भएको छ । कल्याणपुर नगरपालिका ३ प्रसाहीमा राति करिब १ बजेको समयमा हतियारधारी लुटेराहरुको एक समूहद्धारा एकजनाको घरमा लाखौंको लुटपाट गरिएको हो ।


प्रसाहीका रामदेव मण्डलको घरमा करिब १५ बढी हतियारधारी लुटेराहरुको एक समूहले १ लाख नगद, १८ तोला सुन, ५०० ग्राम चाँदी गरी जम्मा करिब ११ लाख मूल्य बराबरको लुटपाट गरेको छ भने पैसा लगानी गरेको कपाली र बिना कपाली लगानी गरेको पैसाको हरहिसाब डायरीसमेत लुटेर लगेको छ ।


राती १ बजेको समयमा आएका लुटेराहरुले घरको छतमा भर्‍याङ लगाएर छतमाथि चढेको र माथि ढोकासमेत नहुँदा सहजै घरभित्र पसी हतियार देखाएर कुटपिट गर्दै लुटपाट गरेको पीडितले बताए । 

 

लुटेराहरुले लुटपाट गरेर गइसकेपछि उनीहरूले प्रहरीमा खबर गरेको र खबर लगत्तै प्रहरी घटनास्थलमा पुगेको कल्याणपुर प्रहरीका ईन्चार्ज तुलसी प्रसाद पोखरेलले जानकारी दिए ।आवाज लगाएपछि डाँकाहरुले ज्यान मार्ने त्रास देखाएपछि त्यतिबेला केही बोल्न नसकेको र डाँकाहरु गइसकेपछि मात्र बाहिर जानकारी गराएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाए ।


कल्याणपुर नगरपालिकाकै वडा ११ मा गत २२ रातिमात्र सुरुङ खनेर लाखौंको चोरी भएको थियो । पटकपटक चोरीका घटना भइरहँदा समेत प्रहरीले खासै चाँसो नलिएको स्थानीयहरुको आरोप छ । कल्याणपुरमै प्रहरी चौकी भएपनि नजिकमै यस्ता घटना पटकपटक भइरहनु आश्चर्यजनक भएको उनीहरु बताउँछन् ।


घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७५ पौष २६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus