• २०७५ माघ ९ गते, बुधबार
०९:०७ am

मधेशीको नागरिकताको माग बेअर्थ : उपप्रम पोखरेल

सहभागीहरुद्धारा सहिद जयगोविन्द साहप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण

न्यूज ब्यूरो, सिरहा । मधेशवादी दलले उठाउँदै आएको नागरिकताको माग बेअर्थ रहेको नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । नेकपा प्रदेश २ कमिटिको आयोजनामा सिरहाको कर्जन्हा बस्तिपुरमा आयोजित कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व तथा किसान नेता सहिद जयगोविन्द साहको २९औं स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

अन्तबाट आएका नागरिक अंगिकृत भएको बताउँदै उनले अंगिकृत नागरिकता नै पाउने बताए । उनले भने, ‘अंगिकृत नागरिक वंशज हुन सक्दैन, बाहिरबाट आएकाहरु आदिवासी, रैथाने र तराई मधेशका जनतालाई विस्थापित गर्न खोजेको छ, तर कम्युनिष्ट सरकारले कदापि यस्तो हुन दिँदैन ।’

 

उनले तराई मधेशका जनताको हितमै सरकार पनि रहेको बताउँदै मधेशकै जनताले यसका लागि आवाज उठाउनुपर्ने बताए । मन्त्री परिसद्को प्रशासन समितिको बैठकबाट आफ्नै संयोजकत्वमा अंगिकृत नागरिकको सन्तानले वंशज नागरिकता पाउने निर्णय गरिसकेको समेत उनले बताए ।

 

देशका लागि विर सहिदहरुले दिएको योगदान अमूल्य भएको बताउँदै उनले सहिदहरुकै त्याग र बलिदानीले मुलुकमा परिवर्तन आएको बताए ।

 

मन्तव्यका क्रममा उनले सहिद जयगोविन्द साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुले नै देखाएको बाटोलाई नियाल्दँै सरकार अघि बढिरहेको बताए । देशका लागि विर सहिदहरुले दिएको योगदान अमूल्य भएको बताउँदै उनले सहिदहरुकै त्याग र बलिदानीले मुलुकमा परिवर्तन आएको बताए ।


त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सहिदको त्याग र बलिदानीको प्रतिफल स्वरुप पाएका तीन तहको सरकारलाई सहयोग गरेर समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु सबै नेपालीको अबको साझा कर्तव्य र दायित्व भएको औल्याए । 

 

नेपाली जनताको अधिकारका लागि योगदान दिने सहिदहरुको बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै सहिदहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको उनले थपे । उनले सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपालीलाई आग्रह समेत गरे ।

 

स्मृति सभा कार्यक्रममा आएका नेता तथा हजारौंको संख्यामा सहभागीहरुले सहिद जयगोविन्द साहको सालिकमा सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए । साह नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता हुन् । उनको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने मृत्यू भारतको जयनगरमा २०४६ साल पुस २५ गते कम्युनिष्ट आन्दोलनको मूखमै भएको थियो ।

 

नेकपा प्रदेश २ कमिटिको आयोजनामा आयोजित स्मृति सभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए ।

 

त्यसैगरी, नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, नेता तथा पूर्वमन्त्री अजय शंकर नायक “अविनाश”, विश्वनाथ साह, संघीय सांसद लिलानाथ श्रेष्ठ, प्रदेश सांसद दिलिप साह, रामकुमार यादव लगायतका नेताहरु सहभागी थिए ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

“बिनय यादव” न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनिधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | Email : [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस