• २०७५ चैत ५ गते, मंगलबार
०४:०३ am

मधेशका मुख्यमन्त्रीको अभियानमा पियाको “छोरी बचाउ, छोरी पढाउ ” गित सार्वजनिक 

गित वास्तविक कथामा आधारित रहेको


विरगँज, २५ पुस ।  भोजपुरी गितमा आफुलाई परिचित बनाईसकेका गायक प्रमोद पियाले आफ्नो आवाजमा प्रदेश मधेशका लागि गित सार्बजनिक गरेका छन् ।

 

उनको “ छोरी बचाउ , छोरी पढाउ ”  नेपाली तथा भोजपुरीमा तीन गित बजारमा सार्बजनिक भएको छ । प्रदेशको मुख्यमन्त्री मो. लालबाबू राउतको 'बेटी बचाउ, बेटी पढाउ' अभियानसँग सम्बन्धित यो गीत नेपालको चर्चित स्टुडियो ' हाईलाईट नेपाल' को  ब्यानरमा गित सार्बजनित भएको हो । गितमा मोहन मुस्कान डि.जे. लालबाबु दिलवालाले सँगित भरेका छन् ।  मन्जु  निदर्दी र दिपेन्द्र सहनीको रचना रहेको छ ।


उक्त गीतमा कोमल साहको शब्द तथा राधे मोहन र लाल बाबू कुशवाहाको संगीत रहेको छ । गायक पियाले भने, प्रदेश सरकारले चलाएको अभियानलाई हामी गितबाट उक्त अभियानलाई सहयोग गरिरहेका छौँ । गित वास्तविक कथामा आधारित रहेको बताए । 


प्रदेश सरकारको लागि  पहिलो पटक गित गाउन पाउदा आफू खुशी भएको र आउने दिनहरूमा प्रदेश सरकारको लागि गीत अझै गाउदै जाने बताउँदै उनले सो गितहरू एनसेल, एनटिसी तथा स्मार्ट सेलको सिआरबिटी र पिआरबिटीमा पनि सुन्न सकिने बताए ।


गिरहरूको पिआरबिटी एनसेलको लागि ७०२२४०५९, एनटिसीको लागि ०७९५२४६ तथा स्मार्ट सेलको लागि १०११८४०३ रहेको छ । यो  सेवा जनताले फोन गर्दा खेरी मोबाईलको रिँग ब्याक टोनमा सुनिने छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस