जनकपुरमा आजपनि वृहत सरसफाई 

२०७५ पौष २४ मंगलबार
दिउसो २:१४ बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, २४ पुस ।  सफा जनकपुर, स्वच्छ जनकपुर अभियानलाई तीव्रता दिँदै मँगलबार पनि सफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

 

मँगलबार विहान  एकिकृत बाल क्लब, एलायन्स युवा क्लब र राजपा निकट राष्ट्रिय विद्यार्थी संघको नेतृत्वमा बृहत चेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । जनकपुर नगर स्वच्छता अभियानमा सघाउँदै क्लबका पदाधिकारीहरुले बेला बेलामा सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको हो  

 

क्लबका पदाधिकारी सहित राष्ट्रिय विद्यार्थी संघका पदाधिकारी नेता तथा कार्यकर्ताहरु स्थानीय लगायत करिब २ सय ५० भन्दा बढिको सहभागितामा सरसफाई गरिएको हो । युवाहरुको उक्त सरसफाई कार्यक्रममा हौसला प्रदान गर्नको लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले समेत झाडु लगाएका थिए । 

 

सो कार्यक्रममा एलायन्स युथ क्लबका अध्यक्ष ईजाज अन्सारी, राजपा नेपालका कार्यकर्ताहरु किशन साह, प्रशान्त झा, विद्यार्थी नेता रोशन मिश्रा लगायतको सक्रिय सहभागिता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ पौष २४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus

} }