• २०७५ चैत ७ गते, बिहीबार
११:५१ am

धनुषाको बटेश्वरमा सामुदायिक प्रहरी बिटको स्थापना


धनुषा, २४ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिका स्थित प्रहरी बिटको स्थापना गरिएको छ । 


प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको प्रमुख आतिथीयमा प्रहरी बिटको उदघाटन गर्दै बटेश्वर गाउँपालिका र इलाका प्रहरी कर्यालय महेन्द्रनगरको समन्वयमा अन्र्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । समुदाय र प्रहरी विच साझेदारी गरि समाजमा हुने विभिन्न किसिमको घटनाहरुलाई सहज रुपमा समाधान गर्ने उदेश्यका साथ गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले समुदायिक प्रहरी बिटले समुदायमा अपराध नियन्त्रणको लागि कोशेढुँगा साबित हुने बताए । 

 

सो अन्तरक्रिया कार्यक्रममा राखिएका विभिन्न समस्याहरुलाई समेटिदै प्रमुख जिल्ला अधिकारी कण्डेलले सम्बन्धीत व्यक्तिहरुलाई निदेर्शन दिदैँ ततकाल समस्याहरु समाधान हुने आश्वासन समेत दिए ।


सो अन्तरक्रिया कार्यक्रममा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्द, ईलाका प्रहरी कर्यालय महेन्द्रनगरको प्रहरी निरिक्षक अमिर कुमार दहाल, स्थानिय स्कुलका प्रध्यापक, बुद्धिजिवी, व्यापारि र राजनितीकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमा उपस्थित व्यक्तिहरु प्रहरी प्रशासनबाट भइरहेको सहयोग र हुने सहयोगको आशा राखदै आ«–अफनो मन्तव्य राखेका थिए । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस