• २०७५ माघ ९ गते, बुधबार
०९:४० am

धनुषाकी १०१ बर्षीय वृद्धआमा भन्छिन् - 'अहिले पनि परालकै चटियामा जाडो काट्न सक्छु'


जनकपुरधाम, २४ पुस । नेपालमा मानिसको आयू औसत ६० वर्ष रहेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित १०१ बर्षकी  तुलफी देवी महतो आफनो जीवनकाल बारे सुनाउँछिन् , तब स्थानीयहरु अहिले  पनि मख्ख भएर उनको जीवनकथा सुन्न आउने गर्छन् । 

 

औसत आयूभन्दा पनि दोब्बर जीवन पाएकी वृद्धआमा महतोले जतिपनि शितल भए अहिले पनि परालकै चटाईमा जाडोलाई मात दिनसक्ने क्षमता निहित भएको बताईन् । नयाँ युगसँगे विना कपडा र मोटो कपडाबीना जाडो नजाने भनेपछि आफू अहिलेपनि यतिको जाडोमा चटियामै सुतेर जीवन काट्न सकिने तथा जाडोलाई मात दिन सकिने क्षमता सुनाईन् । ।


धेरै बाँच्ने रहर कसलाई हुँदैन र ? तर यी वृद्धआमा आफ्नो मृत्यूको लागि गुहार गर्दैछिन् । नाति नातिनी की परनातीसम्म हेरी सकेकी वृद्धआमा महतोले भगवानसँग यमराज पठाइदिन मात्र आग्रह गर्दै दिन विताउँछीन् । भन्छिन्, अब कति जीउने ? जीवनदेखि नै दिक्क लाग्न थाल्यो । यही जिन्दगीमा सबै कुरा हेरिसके, अब आफनो धाम जानुपर्छ । खै भगवानले कहिले यमराज पठाउने हो मेरो लागि ? 


नेपाल सरकाले दिने गरेको बृद्धभक्ताबाट अति खुसी  हुन्छिन् उनी । पाएको बृद्ध भत्ता पनि नाति नातिनीहरुकै  लागि खर्चिने गरेकी छन् । उनले भनिन् ,-" बुढेशकालमा के को शौक हुने मलाई अब ? केही दिन त जीउनु छ , मध्यम अवस्था हुँदा पनि केहीको शौक भएन, अब मर्ने बेलामा केको शौक राख्ने ? ती पैसाले नाति नातिनीहरुको शौ पुरा गर्ने धोको मात्र छ । यहाँका मान्छेहरु भन्छन् बुढीया अहिले पनि २० वर्ष जीउने छन रे ? तर, मलाई अब यहाँ मन लाग्दैन, मलाई धाम जानु छ, माथि भगवानको धाम । "

 

परापूर्व कालको अवस्थालाई अहिले पनि जीवन्त राखेकी यी वृद्धआमाले १ रुपैयाँमा भैँसी, २ रुपैयाँको कठ्ठा जमिन तथा चामलको खँसीको मासुको स्मरण राखेकी छन् । अहिले बढेको महँगी अनुसार ३० रुपैयाँ किलाको प्याजप्रति बोल्दै उनले भनिन, हाम्रो जमानामा १५ कठ्ठा खेत किनीहाल्थ्यौ १ किलो प्याजको मूल्यमा । अहिले त आकाशिएको छ मँहगी । 

उनी बारम्बार भगवानसँग मृत्यूको कामना गर्दैछिन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

विनय कुमार यादव

संवाददाता

प्रदेश नं. २, धनुषा - नेपाल

विनय कुमार यादव || उहाँ न्यूज ब्यूरोको धनुषा जिल्ला सहकर्मी हुन् । धनुषाको उत्तरीपूर्वी भेगका जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779844401154 , 9803142770 |

प्रतिकृया दिनुहोस