सिरहामा महिलाबाटै महिला लुटिए !

५० हजार रुपैयाँ निकालिएको शंका लागेको थियो

२०७५ पौष २३ सोमबार
दिउसो १:३८ बजे
न्यूज ब्यूरो | नेपाल


सिरहा, २३ पुस । सिरहामा दिनदहाडै एक महिलाले एक महिलालाई नै लुटेकी छन् ।

 

सिरहाको गोलबजारबाट सदरमुकाम सिराहा जाने क्रममा म्याजिक भ्यानमा सवार एक महिलाबाट ५० हजार रुपैयाँ नगद लुटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाको नरहा गाउँपलिका वडा नम्बर ३ बस्ने दिपेन्द्र यादवकी श्रीमती वर्ष ३५ को अन्जु देबि यादवको उक्त रकम एक महिला पाकेटमार लुटेको प्रहरीले जानकारी दिएको हो । यादव आफ्नो ऋण कर्जा तिर्नका लागि सिराहा जाँदै गर्दा बाटोमै उनको रकम लुटिएको पीडीत अन्जुलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।  


अन्जुले भनिन् ,- 'मसङ्ग भएको १ लाख ६१ हजार मध्ये ५० हजार रुपैयाँ निकालिएको शंका लागेको थियो । रकम पुनः गन्ती गर्दा ५० हजारको गड्डी नपाउँदा म कराए, चिच्याए ।'  त्यसपछि गाडी रोकेर शंकाकै आधारमा खोजि गर्दा उक्त म्याजिकमा बसेकी जिल्ला सप्तरी  राजबिराज नगरपालिका वडा नम्बर  ३ सुकुम कुर्मीकी श्रीमति अन्दाजी वर्ष २८ की  फुलकुमारी देवीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय विष्णुपुरका ईन्चार्ज दीपनारायण यादवले  जनाए ।  


यता, पक्राउ गरिएको उक्त महिलालाई  जिल्ला प्रहरी कार्यालय सिरहामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राखिएको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ पौष २३ सोमबार

Bureau Menus