रक्सी खाने पैसाले बीमा गर्नुहोस् : धुर्मुस–सुन्तली

“रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।”

२०७५ पौष २२ आइतबार
दिउसो ४:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रक्सी खाने पैसाले जीवन बीमा गर्न सर्वसाधारणलाई सल्लाह दिएका छन् । 

 

डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित उद्योग वाणिज्य सङ्घको चौरमा आयोजित एक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् । 

 

‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भन्नुभयो, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गर्नुभयो । 

 

दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ पौष २२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus