शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका दुवै खेल बराबरीमा

२०७५ पौष २२ आइतबार
बिहान ११:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

 

खेलको १०औँ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर ३२आँै मिनेटमा च्यासलका छिरिङ गुरुङको पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । पहिलो हाफ एक÷एक गोलमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गो ल हुन सकेन र खेल बराबरीमा सकियो । 

 

जारी लिगमा १३ खेलबाट १५ अङ्क जोड्दै च्यासल अङ्क तालिकाको आठौँ स्थानमा छ भने जावलाखेलले १३ खेलबाट १३ अङ्क जोड्दै १०औँ स्थानमा छ । यसैबीच आजै भएको दोस्रो खेलमा पनि विभागीय टिम पुलिस सरस्वती युथ क्लबसँगै बराबरीमा रोकिएको छ । हल्चोक मैदानमै भएको खेलमा सरस्वती र पुलिसले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

 

खेलको ४९औँ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तीर्थ बस्नेतलाई डी बक्सभित्र लडाएपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो । 

 

खेलको ५३औँ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसँग पुलिसले १३ खेलबाट १९ अ्क जोड्दै तालिकाको छैटौँ स्थानमा यथावत् छ । सरस्वती १३ खेलबाट १४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७५ पौष २२ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus