• २०७६ असार ११ गते, बुधबार
१२:०३ am

शहिदनगरमा युवा फोरमको २७ सदस्यीय समिति गठन


धनुषा, २२ पुस । धनुषाको शहिदनगरमा युवा फोरमको २७ सदस्यीय समिति गठन गरिएको छ । 

 

शनिबार समाजवादी युवा फोरम नेपाल शहिदनगरको प्रथम नगर स्तरीय अधिबेशनबाट २७ सदस्यीय समिति चयन गरिएको हो । महेश रामको अध्यक्षतामा  तथा पार्टीका केन्द्रीय सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमा शंकर अरगरियाको प्रमुख आतिथ्यसमा सम्पन्न भएको उक्त अधिबेशनमा बोल्दै उनले भातृ संगठनहरु बलियो भएपछि मात्रै मुल संगठन मजबुत हुने भएकोले भातृ संगठन हरुलाई अझै बलियो रूपमा प्रस्तुत हुन आग्रह गरे । 


संगठनको मेरुदण्ड युवाहरु भएकोले युवा एकता माथि जोड दिदै  अगाडी बढाउनु पर्ने बताउए ।  सो नगर भेलाबाट राम चन्द्र चौरवार यादवको अध्यक्षतामा २७ सदस्यीय युवा समिति चयन गरिएको छ भन्ने वरिष्ठ उपाध्यक्षमा सितेश कुमार मण्डल , उपाध्यक्षमा निशान्त यादव , सचिबमा मन्दिप कुमार मण्डल , सह सचिबमा सुनिल कुमार  मण्डल ,कोषाध्यक्षमा राकेश चन्द्र मण्डल , सल्लाहकारमा  सरोज बिराजी , नागेस्वर यादव ,सोगारथ मण्डल ,लक्ष्मी ठाकुर , बिनोद यादव ,नरेन्द्र कुमार यादव सहित सदस्यहरुमा बिजय कुमार यादव ,सरोज यादव ,बिनोद मण्डल ,रुपेश कुमार राय ,बिजय मण्डल ,कमलेश महतो ,राज कुमार यादव ,प्रमोद पासवान , राजिब महतो शम्भु यादव ,राम दयाल यादव ,मनोज मरिक , शावन कुमार मुखिया ,उमेश गोहिवार ,सरोज मुखिया ,जिरन मण्डल सहित २७ सदस्यीय समाजवादी युवा फोरम नगर समिति गठन गरिएको हो ।


सो कार्यक्रममा शहिदनगर नगरपालिका वडा नं.४ सिमराढीको नेकपा को धनुषा जिल्ला सदस्य  राम बाबु पासवान संघीय समाजवादी फोरम मा प्रवेश गरेको छ नव प्रवेशीलाई अरगरियाले अबिर, माला लगाएर स्वागत गरेको छ ।  

 

जिल्ला सदस्य उपेन्द्र ठाकुरको उद्घोषणमा भएको कार्यक्रममा  सं।स।फोरम धनुषाको जिल्ला उपाध्यक्ष पशुपति यादव , दिपु कापर , ओम प्रकाश मण्डल ,बिनोद रोहिता , उमेश निराला, दिनेश कुमार यादव , बिकाश यादव , अशोक कुमार मण्डल , फुलगेन यादव, राम नारायण कापडी लगायतका महिला पुरुष हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।


 कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सासद मा। राम अशिष यादव , प्रदेश सासद मा।शैलेन्द्र कुमार यादव ज्युले नब गठित सबैलाई शुभकामना दिदै एक आपसमा छलफल गरेर संगाठनात्मिक निर्णयहरु गरेर जादा संगठन मजबुत हुने बिचार व्यक्त गरे।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस