• २०७५ माघ ९ गते, बुधबार
०९:२९ am

अभियन्ता धीरेन्द्र कुमारको अगुवाईमा जनकपुरको रेल्वे ट्रैक सफाई 


जनकपुरधाम, २१ पुस । सिरहाका सरसफाई अभियन्ता धीरेन्द्र कुमार साहको अगुवाई तथा प्रयासमा  ऐतिहासिक जनकपुरधाम रेल्वे ट्रैक क्षेत्र सरसफाई गरिएको छ । 

 

साप्ताहिक सरसफाई अभियानको तेस्रो हप्ता शनिबार पुनः महिला एवम् बालबालिकाको सहयोगमा रेल्वे स्टेशन तथा आसपासमा  एक घंटे सरसफाई अभियान सम्पन्न गरिएको छ । स्वच्छ तथा सफा जनकपुर नारा साहित अभियान्ता साहकै नेतृत्वमा दर्जनौ स्थानीयहरुको सहयोगमा उक्त सरसफाई कार्यक्रम गरिएको हो । 

 

केही दिनमै ऐतिहासिक धरोहरको रुपमा चिनिएको रेल्वे ट्रैकमा जनकपुरधामको स्टेशनमा रेल सुचारु भएपछि देश विदेशबाट आउने पर्यटकहरुले स्वच्छ वातावरण महसुसका साथै स्वच्छ साँस लिने लक्ष्यका साथ रेल्वे ट्रैकमा सरसफाई गरिएको हो  

 

सिरहाबाट सरसफाई अभियान सुरु गरेका साहले देशको विभन्न ठाउँमा सरफाईका साथै स्वच्छ वातावरण र पर्यावरण जोगाउनको लागि सँदेश समेत दिँदै आएका छन् । शनिबार गरिएको सरफाई कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह , काठमांडु सरसफाई अभियानकी अभियन्ता इशरत शाह , धनुषा पत्रकार महासंघका अध्यक्ष अनिल कुमार झा , वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंह , मिथिला पैंटिंगको अंतरराष्ट्रीय कलाकार सुनैना ठाकुर , महिला अधिकारकर्मी सुभद्रा आले , रूबी झा , सरस्वती श्रेष्ठ , विजेता झा लगायत अभियानी प्रियांशु कर्ण , आशुतोष झा , नेपाल प्रहरी एवम् मुस्लिम बस्तीको महिला तथा पुरुष सहित विदाका दिन बाल बालिकाहरुले समेत सघाएको अभियन्ता धीरेन्द्र कुमार साहले बताए । 

 

साप्ताहिक सरसफाई अभियानलाई पूर्णतः सफलातापछि पनि सरसफाई कार्यक्रम जारी राख्ने तथा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना समेत गरिने थपे । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस