कान्छो मेयरले भने- 'मसँग पावर छ, म त गर्छु' 

नगर विकासको लागि युवाहरुले क्रान्ती ल्याउन आग्रह

२०७५ पौष २० शुक्रबार
बिहान १०:५३ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, २० पुस । मुलुककै कान्छो मेयर भनेर चिरपरिचत धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले जनताको हितको लागि कानुन संवत कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

नगरपालिकामा सम्पन्न भएको सार्वजनिक सुनुवाईको क्रममा मेयर बरबरियाले नगरपालिकाभित्र गठित समितिहरुले काम नगरेको बेला आफूसँग क्षमता र हकाधिकारको प्रयोग गर्दै जनहितको लागि जे पनि गर्ने दाबी गरेका छन् ।

 

शहिदनगर नगरपालिकाको यदुकूहामा रहेको ईलाका प्रहरी कार्यालय यदूकुहाले आयोजना गरेको सार्वजनिक सुनुवाईको क्रममा मेयर बरबरिया उपर आफुखुसी गरेको आरोप  लागेपछि जवाफ उनले जनताको हितको लागि समिति निष्कृय हुँदा आफूसँग स्थानीय तहको पावर निहित भएकोले गर्ने अधिकारलाई कसैले रोक्न नसक्ने बताए । 

 

ईलाका प्रहरी कार्यालय प्रमख भिम बहादुर खड्काको अध्यक्षता एवम् धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका स्वास्थ्य समितिले मेयर बरबरिया उपर आफूखुसी तथा समितिलाई पन्छाएर कार्य अगाडी बढाएको प्रश्नको उत्तरमा उनले गठित समिति निष्कृयता प्रदर्शन गर्न थालेपछि नगरको अभिभावकको हैसियत र नगर प्रमुखको हैसियतले भने जनताको हितको लागि कदम उठाउनु कर्तव्य र दायित्व बोध गराए । 

 

सो कार्यक्रममा केही सर्वसाधारण अगुवाहरुले मेयरले नगरपालिकाको ढुकुटि लुटाएको आरोप लगाएको थियो । त्यसको जवाफमा मेयर बरबरियाले जनताको करबाट आएको ढुकुटी जनताकै हितमा लगाउनु लुट हो , गल्ती हो भने यस्तो गल्ती बारम्बार दोहरयाउने चेतावनी पनि दिए । 


उनले भने,- "नगरपालिकाले स्वास्थ्य समिति, शिक्षा समिति लगायतका अन्य समितिहरु कार्य सहजताको लागि गठन गरिएको छ । स्थानीय तह सँचालन ऐन बमोजिम नै गठन गएिको छ । तर जब यी समितिहरु जनताको हितको लागि नयाँ सोच्न सक्दैन, हितको सन्दर्भमा कुनै पहल गर्न सक्दैन भने त्यस्तो अवस्थामा म सँग भएको स्थानीय तह सँचालन ऐन बमोजिकमो हक अदा गर्नु अपराध हो र ? जनताको करबाट हामी पलाएका छौँ, त्यो करलाई सदुपयोग गरी जनताकै हितमा लगाएको छु, त्यसलाई लुटाएको भन्न मिल्छ र ? आँखा शिविरको क्रममा नगरभित्रका जनताको लागि भएको अपरेशनको खर्च नगरपालिकाले बेहोरको हो, त्यो खर्च जनताले नै कुनै माध्यमबाट जम्मा गरेको थियो, त्यो उनीहरुमा लगानी गरे के यो लुटाएको भयो त ? "

 

सर्वसाधारणको प्रश्नको जवाफ दिँदै उनले विरोधको क्रान्ती भन्दा पनि नगर विकासको लागि युवाहरुले क्रान्ती ल्याउन आग्रह गरे । नगरलाई स्मार्ट सिटी बनाउने तरखरमा रहेको भन्दै नगरको स्वच्छता अभियानलाई झन प्रभावकारी बनाउनको लागि नगरका क्रान्तीकारी युवाहरुलाई नगरको सरसफाईमा क्रान्ती देखाउन आग्रह गरे । 

 

सार्वजनिक सुनुवाई कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कंडेलले मेयर बरबरियाले नगरपालिकामा ल्याएको नगरपालिका स्वच्छता अभियानलाई सराहाना गर्दै उनको अभियानप्रति बधाई तथा शुभकामना र प्रशंसा ज्ञापन गरे । सो कार्यक्रमा धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गोविन्द थपलियाले नगरलाई अपराधमुक्त बनाउनको लागि मेयरले चालेको मदिरामुक्त नगर अभियानलाई सराहना गरे । 

 

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, संघीय समाजवादी फोरम नेपालका युवा नेता विनोद रोहिता  लगायत  आम नागरिक, युवा, उपमेयर शिला कापर, ९ वटै वडाका वडाध्यक्ष, कर्मचारी, शिक्षक लगायत नगरका सम्पूर्ण समितिका पदाधिकारीहरु, सँचारकर्मीहरुको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७५ पौष २० शुक्रबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus