• २०७६ असार ११ गते, बुधबार
१२:०१ am

अपडेट : रेशम चौधरीको सपथै नहुँदै पुनः समय सारियो !

पुरानो प्रवृति दोहरयाउने चाल पनि हुन सक्ने आशंका

फाईल तस्विर


जनकपुरधाम, १९ पुस । विहिबार (आज) विहानै ११ः३० बजे हुने भनिएको साँसद रेशम चौधरीको सपथग्रहण कार्यक्रम पुनः सारिएको छ । 

 

आज विहानै हुने भनिएको सपथ कार्यक्रम दिउँसो ३ बजेको लागि सारिएको जानकारी प्राप्त भएको छ ।  यसअघि संसद सचिवालयले बिहीवार विहान ११ः३० बजे रेशमलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गरेको थियो । तर, मध्याह्न १२ बजेदेखि प्रतिनिधिसभा बैठक बस्ने भएकाले रेशमलाई सपथ ग्रहण गराउने समय फेरिएर दिउँसो ३ बजेका लागि निर्धारण गरिएको राजपाका नेता लक्ष्मण लाल कर्णले जानकारी दिए । 


विहान ११ः३० बजे नै सपथ ग्रहण कार्यक्रम तोकिएको भएपनि पुन समय सारिएपछि थरुहट र मधेशी जनतामा शंका उत्पन्न भएको छ । सरकारले समय तोकेर समय सारेपछि पुरानो प्रवृति दोहरयाउने चाल पनि हुन सक्ने आशंका उब्जीएको छ । 


गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्रनम्बर १ बाट अत्यधिक मत ल्याएर विजयी भएका चौधरी कैलाली जिल्ला अदालतको आदेशानुसार कारागार चलान भएका थिए । 


टीकापुर घटनाको मुद्दामा फररा रहेकै अवस्थामा वारेशनामामार्फत प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी दर्ता गरेका चौधरीले प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

 

सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएपछि उनी आफूविरुद्धको मुद्दाको प्रतिवादका लागि गत फागुन १४ गते चौधरी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालतले सोही दिन चौधरीलाई मुद्दाको पुर्पक्षका लाथि थुनामा राख्न आदेश जारी गरेको थियो । 

 

यसका साथै, सपथ ग्रहण भएपनि चौधरीलाई सँसद भवन छिर्न दिने वा नदिने भन्नेमा अन्यौलता बढेको छ । जानकारी अनुसार, उनलाई सपथ ग्रहण गराएलगत्तै साँसदबाट निलम्बन गरी पुनः कारागार नै पठाउने तयारी रहेको छ । 

 

रेशम चौधरी सपथको पहिलो समाचार पढनुहोस् ।

जेलमा रहेका राजपाका नेता 'रेशम चौधरी' को सपथ आज

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस