• २०७६ कार्तिक ६ गते, बुधबार



जेलमा रहेका राजपाका नेता 'रेशम चौधरी' को सपथ आज

आज सपथ लिएपछि थरुहट र मधेशी जनतामा उत्साह


जनकपुरधाम, १९ पुस । गत वर्षको प्रतिनीधिसभा चुनावमा भारी मतान्तरले विजयी भएका साँसद रेशम चौधरी आज सपथ लिने भएको छ । 

 

कैलाली क्षेत्र नम्बर १ बाट भार मत अन्तरले निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले विहिबार (आज) सपथ लिँदैछन्। बिहीबार बिहान ११ः३०  बजे सभामुखको सिंहदरबारस्थित कार्यकक्षमा सपथग्रहण हुन लागेको सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लले जानकारी दिए।

 

थरुहट मधेश आन्दोलनका क्रममा गत वि.सं. २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो। टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो।

 

रेशम चौधरीको सपथ नगराउँदा मधेशी र थरुहट समुदाय सरकारप्रति नाकारात्मक हुँदै विभेद गरेको बताएका थिए ।

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका थिएनन्। राजपाले चौधरीविरुद्धको मुद्दा फिर्ता लिई संसद छिर्ने वातावरण नबनाए वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँएपछि ओली सरकार चौधरी  उपर नरम र साकारात्म भएको बुझिएको छ । 


फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।  रेशम चौधरीको सपथ नगराउँदा मधेशी र थरुहट समुदाय सरकारप्रति नाकारात्मक हुँदै विभेद गरेको बताएका थिए । आज सपथ लिएपछि थरुहट र मधेशी जनतामा उत्साह छाएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...