• २०७६ जेठ १० गते, शुक्रबार
०५:३६ pm

ट्रोली बस थन्काइयो, ३०० विद्युतीय बस किन्ने तयारी 

एउटा विधुतीय बसको मुल्य करिब दुई करोड रहेको छ ।

फाईल तस्विर


काडमान्डौँ, १८ पुस ।  नेपाल सरकारले थन्क्याएर राखेका ट्रोली तथा साझा यातायातको  विधुतीय बस चलाउन असमर्थ रहेपनि पुनः तीन सय विधुतीय बस किन्ने तयारीमा छन् ।

 

थन्क्याईएको विधुतीय बस सन्चालन नगरी फेरी तीन सयवटा नयाँ विधुतीय बस किन्ने सरकारको यस्तो निर्णयले सम्पूर्ण देशबासीलाई नै हैरान गारेका छन् । आफनै लगानीमा सरकारले गत सोमवार बसेको मन्त्रीपरिषदको बैठकले तीन सय वटा विधुतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

 

काठमाडौँ ट्रोली बस २८ डिसेम्बर १९७५ मा सुरु भएको थियो भने राजनितीक तथा आर्थीक रेखदेखको अभावकै कारण नोवेम्वर २००९ मा औपचारीक रुपले बन्द हुन पुगेको थियो । 

 

त्यसैगरी विगत केही दिन अघि नै साझा यातायातले ल्याएको विधुतीय बसको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै भएको थियो । साझा यातायातले ल्याएको पाचँवटा विधुतीय बस थन्क्याईएको अवस्थामा छन् । एउटा विधुतीय बसको मुल्य करिब दुई करोड रहेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस