• २०७६ जेठ ११ गते, शनिबार
०१:११ pm

लाखौ मुल्य बरावरको बन्चरो र हथौडी बरामद


महोत्तरी, १८ पुस ।  शसस्त्र सीमा बल महोत्तरीले लाखौँ मूल्य बराबरको फलामे घरेलु हतियार बरामद गरेको छ । 

 

फलामबाट बनेको चुलेसी, बन्चरो, हथौडी लगायतका सामग्री नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीबल नेपाल बिओपी जलेश्वरले मंगलवार ना ३ ख ६१३५ नम्बरको भिठामोड देखी जनकपुर सम्म चल्ने सार्बजनिक बसबाट जनकपुर लग्दै गरेको अवस्थामा १ लाख १५ हजार भन्दा बढिको फलामबाट बनाईएका उक्त  सामग्रीहरु नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको छ ।


जलेश्वर स्थित लचकामा चेकजाचको क्रममा उक्त सामग्रीको भन्सार तिरेको प्रमाण देखाउन नसकेपछि शसस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल विओपी जलेश्वर(मलिवारा)का ईन्चार्ज शसस्त्र प्रहरी निरिक्षक अम्मर राज बरामुले बताए  ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस