• २०७६ जेठ ११ गते, शनिबार
१२:३८ pm

विकृती निम्त्याउँदै अँग्रेजी 'नयाँ वर्ष '

नयाँ वर्षको उपलक्ष्यमा भन्दै विभिन्न होटेलहरुमा विकृति प्रत्यक्ष देखाइन्छ । 

तस्विर : विनय कुमार यादव, धनुषा

सम्पादकीय |
जनकपुरधाम, १८ पुस । प्रत्येक वर्ष नेपाली पात्रो अनुसार पुस १७ गते तथा इस्वि संवत जनवरी १ तारिखका दिन अँग्रेजी नयाँ वर्ष मनाउने परम्परा नेपालको विभिन्न ठाउँमा पनि चलिआएको छ । 

 

केही वर्ष यतादेखि नेपालको तराई मधेश अर्थात भारतीय सीमासँग जोडिएको तथा नजिक रहेको स्थानहरुमा मात्र होइन की राजधानी काठमान्डौँसम्म पनि अँग्रेजी नयाँ वर्षको अवसरमा भोजभत्तेर, वनभोज र उत्सव तथा खुसीयालीको नाममा विकृतिलाई प्रश्रय दिएको प्रत्यक्ष हेर्न पाईन्छ ।

 

विशेष गरी मधेशी मूलका नेपालीहरुमा नयाँ वर्षको नाममा यतिसम्म छाडापन देखिन्छ की नवयुवकदेखि युवक र व्यसक पनि समाजिक विकृतिका विभिन्न कर्मकाण्डहरु गर्नबाट पछि नहटेको देख्न पाईन्छ । धार्मिक एवम् ऐतिहासिक तथा साँस्कृतिकको धनी नगरी मानिएको जनकपुरधाम जस्तो क्षेत्रमा पनि नयाँ वर्षको उपलक्ष्यमा भन्दै विभिन्न होटेलहरुमा विकृति प्रत्यक्ष देखाइन्छ । 

 

जनकपुधामकै कुरा गर्दा अहिले युवक, नवयुवकहरुमा एउटा ट्रेन्ड देखिएको छ त्यो हो दारु पार्टी । नयाँ वर्षको अवसर होस या कुनै उत्सवको, क्रिसमस, सरस्वति पूजा, लक्ष्मी पूजा, यहाँसम्म अव त छठ पूजामा पनि जनकपुरभित्रै त्यही राती कोक्टेल नाईट पार्टी भनेर पोष्टर नै लगाइन्छ । विडम्बना यो हुन्छ की, त्यसको पनि स्वाद लिनको लागि उमेर हद तोकिएको हुँदैन र विभिन्न प्रलोभनको बहानामा सस्तैमा भएपनि १० वर्षदेखि १८ वर्षका नवयुवकहरु पनि त्यस कोक्टेल पार्टीमा सहभागी हुन्छन ।

 

विभिन्न समयमा यहाँका आयोजकहरुले दारु पार्टी, कोक्टेल पार्टी, डान्स पार्टी, पूल पार्टी जस्ता इभेन्टको आयोजना गरेर पनि उत्तिकै विकृतिलाइ निम्तो दिएको पाईन्छ भने अँग्रेजी नयाँ वर्षको अवसरमा त हदैसम्म गर्ने गरेको पाईन्छ । नयाँ वर्षको अवसर भन्दै उत्साह र मनोरञ्जनको लागि नवयुवकहरुले मदिरा, दारु, सिगरेट, गाँजा, भाँग सार्वजनिक स्थलमै खाएर टिल्ल भएको हुन्छ । 

 

नयाँ वर्षकै अवसर पारेर नवयुवकहरुले चर्को आवाजमा डिजे धन्काउने, अश्लिल गितहरु बजाएर अश्लिल नृत्य पनि गर्ने, नाच्दा नाच्दै चुरोट, बिडी पनि सल्काएर सबैलाई देखाउने जस्ता प्रवृति हावी हुँदै गएको छ तराई मधेशमा । नयाँ वर्ष भन्दै मध्यम परिवारले खसी काटने, कुखुरा काटने प्रवृतिका कारण एक गरिब परिवारलाई गिज्याएको हुन्छ । उनीहरुले त्यतिसम्म नसकेर उनको बालबालिका टुहुरा जस्तै मुख हेरेर बस्ने बाध्यता हुन्छ । तर उनीहरुलाई देखेपछि मात्र । 

 

नेपालको सुन्दर र सबभन्दा बेग्लै नयाँ वर्ष भएको बैशाख १ गतेलाई सँस्कृतिको धरोहरको रुपमा लिइन्छ । जो स्वास्थ्य र वातावरणको दृष्टिकोणले पनि वैज्ञानिक तवरले उत्तम मानिएको छ बैशाख १ गते । नेपालीहरुको नयाँ वर्ष बैशाख १ गतेलाई साँस्कृतिक र धार्मिक हिसाबले पनि त्यो दिन माछामासु तथा मदिराजन्य पदार्थहरु छुदैनन जो की सभ्यताको पहिचान हो । तर कथित नयाँ वर्षको अवसर भन्दै यस्ता विकृतिहरु निम्त्याएको देखिएको छ । 

 

सरोकारबालाहरुले नयाँ वर्ष मनाउनको लागि बन्देज गरेको छैन । सबैको स्वतन्त्रता हो, मान्नुपर्छ तर त्यसकै आडमा गरिने  क्रियाकलापहरु भने समाजको लागि अपच हुँदै गएको छ । भावी पूस्ताको लागि दुर्भाग्य र विकृतिको विकराल रुप लिँदै गएको छ । यसलाई समयमै निराकरण गर्न सकेन सँस्कृतिका साथै समाज र देश जोगिन्छ । आफनो पौराणिक मान्यताका अडिग रहने छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस