• २०७५ चैत ५ गते, मंगलबार
०३:१५ am

मेयरले नै यीनीहरुलाई ज्यान मार्न लगाए ?

संघर्ष समितिद्धारा जारी विज्ञपति मार्फत् घटनाको घोर निन्दा गरिएको छ ।

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरपालिकामा संघर्ष समितिका एकजना सदस्य उपर आक्रमण भएको छ । बोदी बरसाईन नगरपालिकामा बढ्दो बेतिथि विरुद्ध लड्दै आएका संघर्ष समितिका सदस्य ई. धनकिशोर साहमाथि शनिवार सांघातिक आक्रमण भएको हो । 

 

सोही नगरपालिकामा कार्यरत कर्मचारी डम्बर यादव र गाउँकै पँकज यादवको नेतृत्वमा अन्य नचिनिएका ५ जना व्यक्तिद्धारा साहमाथि बजारबाट स्कारपियोमा सबार भई आफ्नो घर प्रसाही गईरहेका बेला ज्यानलेवा आक्रमण भएको हो । 

 

संघर्ष समितिका संयोजक आलोक यादवले नगरपालिकाका मेयर आतेशकुमार सिंहकै निर्देशनमा हमला भएको आरोप लगाएका छन् । बेतिथि र भ्रष्टाचार विरुद्ध लड्दै आएका संघर्ष समितिमाथि आक्रमण गरेर लोकतन्त्रमाथि नै आँच पुर्याएको भन्दै संघर्ष समितिद्धारा जारी विज्ञपति मार्फत् घटनाको घोर निन्दा गरिएको छ ।

 

मेयर आतेशकुमार सिंहले २२ कठ्ठा बढी सार्वजनिक जग्गा निजिकरण गर्न खोजेपछि त्यस विरुद्ध लड्न स्थानीय युवाहरुले संघर्ष समिति नै गठन गरेको छ ।

 

संघर्ष समितिद्धारा जारी विज्ञपतिः

 

 

यस प्रकरणका अन्य समाचारहरु पनि पढनुहोस् ।

बोदे बर्साइनका मेयरले सरकारी जग्गा हडपेको भन्दै युवा एक्सनमा
पावरको आडमा हड्पेको सरकारी जग्गाको छानविनको माग

यरद्धारा १० कठ्ठा जग्गा दान, २२ कठ्ठा कब्जा  !

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस