• २०७५ चैत ५ गते, मंगलबार
०४:१२ am

प्रसिद्ध अभिनेता कादर खान भेन्टिलेटरमा , दिमाग काम गर्न छोडयो 

यो डिसआर्डर मतिष्कमा नर्भ सेल्स नष्टको कारणले हुने गर्दछ । 


मुम्बई , १३ पुस । बलिवुड सिने जगतका प्रसिद्ध अभिनेता एवम् कमेडियन एक्टर कादर खानको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । 

 

अभिनेता खानलाई क्रिटिकल कँडिशनमा अस्पतामा भर्ती गरिएको भारतीय सँचारमाध्यमहरुले उनको छोरालाई उदृत गर्दै समाचार प्रकाशित गरेको हो । स्वास्थ्य अवस्था खराब भएपछि उनलाई  BiPAP भेन्टिलेटरमा राखिएको हो  साथै उनलाई प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसऑर्डरको कारण दिमागबाट सँचालित हुने गतिविधिहरु समेत प्रभावित भएको उपचारमा सँलग्न चिकित्सकहले बताएका छन् ।    

 

एंटरटेनमेंट वेबसाइट स्पॉटबॉय को खवर अनुसार यो जानकारी कादर खानका छोरा सरसफराज खानले दिएका छन्  । विगत लामो समयदेखि अभिनेता खान क्यानाडामा रहँदै आएका छन् । 

 

कादर खान पछिल्लो कैयौँ वर्षदेखि क्यानाडामा आफ्ना छोरा सरफराज र बुहारी शाइस्तासँग बस्दै आएका छन् । सरफराजका अनुसार डाक्टरहरुको टिमले कादर खानको स्वास्थ्य उपर लगात्तार निगरानी राखेका थिए तर साँस लिनमा कठिनाई भएको कारण उनलाई बाइपेप भेन्टिलेटरमा राखिएको हो । 


के छ पीएसपी ?
प्रोग्रेसिव सुप्रान्यूक्लीयर पाल्सी (पीएसपी)  एक असामान्य मस्तिष्क विकार हो जो शरीर को गति,  चल्ने क्रममा उत्पन्न हुने सँतुलन, बोल्ने, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोँचको पनि प्रभावित गर्दछ । यो डिसआर्डर मतिष्कमा नर्भ सेल्स नष्टको कारणले हुने गर्दछ । 


यस्तो हालात छ कादर खानको 

जानकारी अनुसार, कहिले उनी होसमा हुन्छ तर सदैव भने होईनन । कादर खानले कुराकानी गर्न छाडेका छन् उनलाई निमोनियाको लक्षण समेत देखिएको छ । कादर खानका छोरा सरफराज र उनकी बुहारीले उनको उपचाको लागि कुनै कसर बाँकी राखेनन तर उनको स्वास्थ्य अवस्था अहिले अति नै नाजुक अवस्थामा रहेको छ । 

 

गत वर्ष मात्र भएको थियो सर्जरी 

कादर खानका छोरा सरफराजले गत वर्ष सन् २०१७ मा मात्र घुँडाको सर्जरीको बारेमा बताएका थिए । उनी धेरै बेरसम्म हिडनबाट डराउँथे, उनलाई लाग्थ्यो की जमिनमा लडछ । यसपछि खानको स्वास्थ्य अवस्थामा लगात्तार गिराबट आएको बताइएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस